― Advertisement ―

प्रारम्भिक प्राइम डे डिलहरू यहाँ छन्, साथीहरू – तपाईंले पहिले नै तीन महिनाको श्रव्य वा Kindle Unlimited निःशुल्क प्राप्त गर्न सक्नुहुन्छ

यो हप्ताको प्राविधिक सम्झौताको संसारमा सबैभन्दा ठूलो खबर यो हो कि Amazon प्राइम डे आधिकारिक रूपमा घोषणा गरिएको छ - जुन 2 2 को...
HomeLatest newsके निर्वाचनको वातावरण बन्दैछ ? – KhabarHost

के निर्वाचनको वातावरण बन्दैछ ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचनबाट नभाग्ने प्रतिबद्धता जनाएका छन्।
  • कानुनमन्त्री अनिलकुमार सिन्हाले सरकारले निर्वाचनको वातावरण बनाउन प्रयास गरिरहेको उल्लेख गर्नुभयो।
  • एमाले नेता अग्नि खरेलले प्रधानमन्त्रीका अभिव्यक्तिले निर्वाचनमा सरकारको प्रतिबद्धतामा शंका लागेको बताउनुभयो।

५ कात्तिक, काठमाडौं । फागुन २१ का लागि घोषित निर्वाचनको समय घट्दै जाँदा चुनावी चासो र चिन्ता बढ्न थालेका छन् । राजनीतिक वातावरण नबनेको दलहरूको चिन्ता छ भने सरकार सबै प्रकार गतिविधिका लागि सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाइरहेको छ ।

यसै सिलसिलामा नेपाल कानुन समाजले मंगलबार आयोजना गरेको ‘प्रतिनिधिसभा निर्वाचन : चुनौती र अवसर’ विषयक छलफलमा राजनीतिक दलका प्रतिनिधि र मन्त्रीहरूले चुनावी विमर्श गरे ।

प्रमुख तीन दलका नेताहरूले दलहरू निर्वाचनबाट नभाग्ने प्रतिबद्धता गरे ।

उनीहरूले आफूहरू निर्वाचनबाट नभाग्ने बरु सरकारले तोकिएको समयमा नै निर्वाचन गर्नुपर्ने जिकिर गरेका हुन् ।

कानुनमन्त्री अनिलकुमार सिन्हाले सरकार निर्वाचनको वातावरण बनाउन प्रयास गरिरहेको बताउँदा दलका नेताहरूले भने त्यो प्रतिबद्धतामा शंका गरेका थिए ।

कानुनमन्त्री सिन्हाले सरकारले निर्वाचनको वातावरण निर्माण गरिरहेको पनि दाबी गरे । उनले भने, ‘सरकारले हरेक राजनीतिक दलका जिम्मेवार नेताहरूसँग निर्वाचनको सन्दर्भमा छलफल गरिरहेको छ ।’

एमाले नेता एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले एमाले निर्वाचनबाट विमुख नहुने दाबी गरे । उनले सरकार निर्वाचनतिर नलागेको आरोप लगाउँदै प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले त्यसको संकेत गरेको जिकिर गरेका हुन् ।

खरेलले निर्वाचनको प्रतिस्पर्धी र मुख्य स्टेकहोल्डर रहेका दलका प्रमुख नेताहरूलाई नै प्रधानमन्त्रीले नभेट्ने अभिव्यक्ति दिएको भन्दै उनले आफूलाई प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउनेमा आफूलाई विश्वास नलागेको जिकिर गरेका हुन् ।

‘एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन । तर, निर्वाचन हुँदैछ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी ढाँचा छैन,’ उनले भने, ‘काम कारबाही नै त्यो खालको भइरहको छैन । दलसँग वार्ता गरिन् भन्ने प्रधानमन्त्रीले देशमा निर्वाचन गराउँछु भन्नुभएको छ । कसरी निर्वाचन हुन्छ भनेर विश्वास गर्ने ?’

यसैपनि निर्वाचनको वातावरण बनाउने काम सरकारको दायित्व हुने भन्दै उनले झनै निर्वाचन गराउनकै लागि गठन भएको सरकारले त्यसलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘सरकारको कामकारबाही निर्वाचनको वातावरण बनाउनभन्दा पनि बिगार्नेतिर बढी गएको छ ।’

उनले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलमा बस्दिन भनेपनि तिनै सुशीला कार्कीलाई शीर्ष नेताहरूले प्रधानन्यायाधीश बनाएको उनको दाबी थियो । खरेलले कार्की प्रधानन्यायाधीश बन्दा केपी ओली नै प्रधानमन्त्री रहेको जिकिर गरे ।

उनले खिलराज रेग्मी नेतृत्वको सरकार राजनीतिक दलहरूको समर्थन प्राप्त रहेकाले सहजै निर्वाचन गराउन सफल भएको जिकिर समेत गरे ।

नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका पूर्वसदस्य राधेश्याम अधिकारीले प्रत्यक्ष निर्वाचित कार्यकारी सरकारको प्रसंग निकाल्दै त्यसले सबै समस्याको समाधान गर्न नसक्ने जिकिर गरे । अहिले दलका नेताहरूले पार्टीको नेतृत्व त छाड्न नसक्ने परिस्थिति रहेको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाले झनै अन्यौल बढाउने बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाले दलित, मधेशी, सीमान्तकृत समुदायको प्रतिनिधित्व सम्बोधन गर्न नसक्ने भन्दै उनले अहिलेको समानूपातिक व्यवस्था, समावेशीकरण र संघीयताको विषय ठट्टामात्रै नभएको जिकिर गरे ।

‘२० वर्षअघिको सारंगी अहिले बजाउन खोजिँदैछ । तीन दलका नेताहरू शीर्ष पदमा पुगेपछिको प्रवृत्ति हेर्नुहोस्,’ उनले भने, ‘जुन राजनीतिक दलका नेताले आफ्नो पार्टीको पद छाड्न सक्दैनन् । तिनले सत्ता पाए छाड्छन् ?’

नेपाली कम्युनिस्ट पार्टीका नेता एवं कानुनविद् खिमलाल देवकोटाले तोकिएको मितिमा निर्वाचन गर्नुको विकल्प नभएको बताए । उनले भने, ‘यो सरकारले फागुन २१ गते निर्वाचन गर्ने मुख्य जिम्मेवारी पाएको छ । त्यसभन्दा दायाँबायाँ सोचेर अघि बढ्न मिल्दैन ।’

विघटन भएको प्रतिनिधि निर्वाचनको ताजा जनादेशबाट आएका जनप्रतिनिधिबाट पुनस्थापना हुनुपर्ने भन्दै उनले निर्वाचन मार्फत् प्रतिनिधिसभा पुनर्स्थापना हुनसक्ने धारणा राखे ।

‘यो सरकारले निर्वाचन घोषणा गरेको होइन । राष्ट्रपतिले २१ फागुनमा निर्वाचन गर्ने तपाईंको जिम्मेवारी हो भनेर कार्यादेश दिनुभएको हो । चुनाव गराउन मन्जुर भएर यो सरकार कुर्सीमा बसेको हो,’ उनले भने, ‘त्यसभन्दा भिन्न ढंगले सोच्ने ठाउँ छैन । निर्वाचनमार्फत् प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा महत्त्वपूर्ण हो ।’

कार्यक्रममा उपस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले आफूले संविधानमा भएको व्यवस्था हेरेर मन्त्री पद स्वीकार गरेको बताए । उनले पूर्वन्यायाधीशलाई मन्त्री एवं सांसद्‌ बन्न संविधानले नरोकेको जिकिर गरे ।

उक्त कार्यक्रममा एमाले नेता अग्नि खरेलले पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरू प्रधानमन्त्री र मन्त्री बन्नु असंवैधानिक हुने जिकिर गरेका थिए । त्यसको जवाफ दिँदै मन्त्री सिन्हाले मन्त्री बन्ने दिनपनि आफूले एक घण्टा संविधान पढेको बताए ।

सरकारी पदमा जानका लागि न्यायाधीशलाई बन्देज लगाएको भएपनि मन्त्री र प्रधानमन्त्रीको पदलाई त्यो परिभाषामा राख्न नहुने भन्दै उनले आफूले संविधान पढेर त्यो पद सरकारी हो कि होइन भनी निर्क्यौल गरेको बताए ।

संविधानले पूर्वन्यायाधीशलाई मतदान गर्ने अधिकार दिएपछि निर्वाचनमा उम्मेदवार बन्न पाउने अधिकार पनि दिएको भन्दै उनले आफू अप्ठेरो अवस्थामा मात्रै सरकार चलाउन आएको बताए ।

‘मलाई भोट खसाल्ने अधिकारबाट उहाँहरूले वञ्चित गर्नुभएन, भोट खसाल्ने अधिकार दिएपछि मैले जसलाई भोट खसाल्छु, उसको ठाउँमा गएर म भोट माग्ने अधिकार छ कि छैन ? उनले भने, ‘स्वतन्त्र होस् या पार्टी समातेर होस्, उम्मेदवार बन्ने मेरो अधिकार छ कि छैन ?’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More