― Advertisement ―

सोमबार, अप्रिल १३ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #771)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsकेही जिल्लामा निर्वाचन, अधिकांशमा सर्वसम्मतिको प्रयास – KhabarHost

केही जिल्लामा निर्वाचन, अधिकांशमा सर्वसम्मतिको प्रयास – KhabarHost


प्रदेश कमिटीका तर्फबाट महाधिवेशन प्रतिनिधि चयनपछि नेताहरू ।


राष्ट्रिय

समाचार.

  • नेकपा एमाले बागमती प्रदेशका धेरै जिल्लामा महाधिवेशन प्रतिनिधि चयनमा सर्वसम्मतिका लागि प्रयास भइरहेका छन्।
  • सिन्धुपाल्चोक, ललितपुर, मकवानपुर लगायत जिल्लामा मतदान भइसकेको छ भने कतिपयमा सर्वसम्मति भएको छ।
  • प्रदेश कमिटीबाट पदाधिकारीलाई प्राथमिकता दिँदै सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ।

१३ मंसिर, काठमाडौ । नेकपा एमाले बागमती प्रदेशको अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि चयनको सकस देखिएको छ ।

तर सर्वसम्मतिबाटै टुंग्याउने भनेर निर्वाचन प्रक्रिया अगाडि बढाइएको छैन । ‘केही जिल्लामा सर्वसम्मतिले महाधिवेशन प्रतिनिधि चयन गरिसकेका छौ । कतिपय जिल्लामा निर्वाचन भइरहेको छ,’ बागमती प्रदेश उपसचिव भक्तकुमारी लामा भन्छिन्, ‘सकेसम्म आजै प्रतिनिधि टुंग्याउनेगरी सर्वसम्मतिको प्रयत्न भइरहेको छ ।’

उनका अनुसार नुवाकोट, सिन्धुली, रामेछाम, चितवन, काठमाडौं, धादिङ र भक्तपुर–१ मा सर्वसम्मतिका निम्ति प्रयास भइरहेको छ । त्यहाँ जिल्ला इन्चार्जहरुले सर्वसम्मतिबाट नाम टुंग्याउने भनेर जिम्मेवारी लिएका छन् ।

‘जिल्ला इन्चार्जहरुले जिम्मेवारी लिनुभएको छ,’ लामा भन्छिन्, ‘सर्वसम्मति नभए भोलि मतदान हुन्छ ।’  सिन्धुपाल्चोकको दुवै क्षेत्र, ललितपुरको तीन वटै निर्वाचन क्षेत्र, मकवानपुर–१ मा भने मतदान भएको छ ।

मकवानपुर–२ मा भने सर्वसम्मति भएको छ । भक्तपुर–२ मा पनि सर्वसम्मतिबाट प्रतिनिधि टुंग्याइएको छ । काठमाडौं–१० को प्रतिनिधि सर्वसम्मत भएपनि बाँकी ९ वटा क्षेत्रहरुमा छलफल चलिरहेको छ । सहमति नजुटे मतदान गर्ने तयारी छ ।

दोलखा, काभ्रे र रसुवा जिल्लाले भने सर्वसम्मतिबाट प्रतिनिधि छानेको छ । सर्वसम्मति जुटाउँदा बरिष्ठ नेताहरुलाई प्राथमिकता दिएर भागबण्डा गर्ने विधि अपनाइएको देखिन्छ । धेरै प्रतिनिधि रहेको काभ्रेमा भागबण्डा भएको थियो ।

सर्वसम्मति भनेर महाधिवेशन प्रतिनिधि छनोट हुन बाँकी क्षेत्रहरुमा पनि शक्ति–सन्तुलन मिलाउने प्रयास नै देखिन्छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहलाई शक्ति–सन्तुलन मिलाएर प्रतिनिधि चयन गरिरहेका छन् ।

एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गरिरहेको छ । एउटा क्षेत्रमा १२ सय पार्टी सदस्यलाई आधार मानेर त्यसबाट दुई महिला, एक युवा र दुई खुला प्रतिनिधि चयन गरिरहेको छ । त्यसपछि थप ८ सय पार्टी सदस्य बराबर एक सदस्य थपिने, र शेष संख्यामा भने चार सय पुगे अर्को सदस्य आउनेगरी प्रतिनिधि चयन भइरहेको छ ।

प्रतिनिधि सभा क्षेत्रहरुमा प्रतिनिधि चयनको सकस भइरहदा प्रदेश कमिटीबाट भने सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । पदाधिकारीलाई नै प्राथमिकता दिएर प्रतिनिधि चयन गरिएको छ ।

प्रदेश अध्यक्ष कैलाश ढुंगेल, उपाध्यक्ष दावा लामा, सचिव नवराज सिलवाल, उपसचिव भक्तकुमारी लामा र महिला तर्फ गंगादेवी श्रेष्ठ सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

बागमती प्रदेशबाट चयन हुने मजदुर तर्फका प्रतिनिधिहरु पनि सर्वसम्मत भएका छन् । रामहरी नेपाल, अर्जुन अर्याल, गोपाल कार्की, फुलमाया लामा, ठाकुर कुमार श्रेष्ठ, पूर्णकुमारी कार्की र शान्ति थापा कार्की निर्विरोध प्रतिनिधि चुनिएका हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More