― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsकेयूको ३१औं दीक्षान्त २४ मंसिरमा, २ हजार २ सय ९ जना विद्यार्थी...

केयूको ३१औं दीक्षान्त २४ मंसिरमा, २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुने


राष्ट्रिय

समाचार.

  • काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोह २४ मंसिर बुधबार धुलिखेलमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने भएको छ।
  • दीक्षान्त समारोहमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुनेछन् जसमा ५२.२४ प्रतिशत पुरुष र ४७.७६ प्रतिशत महिला छन्।
  • विदेशी विद्यार्थी १७ देशबाट १९६ जना छन् र यसपटक नयाँ कार्यक्रम अन्तर्गत केही नयाँ तहका विद्यार्थी पनि पहिलोपटक दीक्षित हुनेछन्।

२२ मंसिर, काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त (पहिलो चरण) आगामी २४ गते बुधबार आयोजना हुने भएको छ ।

विश्वविद्यालयको केन्द्रीय परिसर काभ्रेको धुलिखेलमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा दीक्षान्त समारोहमा आयोजना हुन लागेको हो । समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सह-कुलपति महावीर पुन पनि सहभागी हुने कार्यक्रम छ।

समारोहमा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक सान्तीश्री धुलिपुडी पण्डितले प्रमुख दीक्षान्त भाषण गर्ने कार्यक्रम छ ।

सोमबार विश्वविद्यालयले गरेको पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार यस पटक २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुनेछन् । केयूका स्कूल अफ आर्ट्सका ८३, स्कूल अफ एजुकेसनका २९४, स्कूल अफ इन्जिनियरिङका ३४०, स्कूल अफ ल का ३६, स्कूल अफ म्यानेजमेण्टका ३७८, स्कूल अफ मेडिकल साइन्सेजका ८८१, स्कूल अफ साइन्सका १९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी यस पटक दीक्षित हुने उपकुलपति प्राध्यापक डाक्टर अच्युत वाग्लेले जानकारी दिए ।

दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहनेछन् । दीक्षितमध्ये पुरुष (५२.२४ प्रतिशत) १ हजार १ सय ५४ जना र महिला (४७.७६ प्रतिशत) एक हजार ५५ जना रहनेछन् ।

दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका, र भियतनाम गरी १७ देशका १९६ जना अर्थात् विदेशी रहनेछन् ।

काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक स्कूल अफ साइन्सेज अन्तर्गत मास्टर अफ फिलोसो मास्टर अफ फिलोसफी बाइ रिर्सच इन म्याथेमेटिक्समा १ जना र ब्याचलर अफ साइन्स इन एग्रिकल्चरमा २९ जना तथा स्कूल अफ मेडिकल साइन्सेज अन्तर्गत मास्टर अफ मेडिकल रिर्सचमा २० जना पहिलोपटक दीक्षित हुनेछन ।

३१औं दीक्षान्त (पहिलो चरण) सहित गरी हालसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको सङ्ख्या ५० हजार ४० जना पुगेको छ। तीमध्ये विदेशीको सङ्ख्या ५ हजार ८६० अर्थात करीब १२ प्रतिशत रहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More