― Advertisement ―

‘यसमा राम्रो हुनको लागि तपाई सुपर हार्डकोर हुनु आवश्यक छैन’ – पिको पार्कका अध्यक्ष आगामी क्रसओभर खेलको साथ सोनिकलाई पूर्ण नयाँ दर्शकहरूमा ल्याउँदै

आगामी खेलपार्क खेलआगामी खेल Sonic बृहत्तर दर्शकमाझ ल्याउने उद्देश्यले राखिएको छयो "उठाउन र खेल्न धेरै सजिलो" हुने उद्देश्यले राखिएको छ"धेरै मानिसहरूलाई थाहा छ...
HomeLatest newsकेभीआर समिट च्यालेन्जको तेस्रो चरणमा युगल र सान्या विजेता

केभीआर समिट च्यालेन्जको तेस्रो चरणमा युगल र सान्या विजेता


राष्ट्रिय

समाचार.

  • केभीआर समीट च्यालेन्ज तेस्रो संस्करणको तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन पहिलो भएका छन्।
  • २५ किलोमिटर दौडमा युगलले दुई घन्टा ५७ मिनेट ४७ सकेन्डमा दौड पूरा गरे भने महिलातर्फ सान्याले तीन घन्टा ३९ मिनेट २४ सकेन्डमा दौड पुरा गरिन्।
  • प्रतियोगितामा नेपालसहित बेलायत, अमेरिका, फ्रान्स, जापान, भारत, क्यानाडाका करीब १०० जना धावकधाविकाले सहभागिता जनाएका थिए।

२३ मंसिर, काठमाडौं । केभीआर समीट च्यालेन्ज तेस्रो संस्करणको तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन पहिलो भएका छन् । दोस्रो चरणमा युगल तेस्रो भएका थिए ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता युगलले दुई घन्टा ५७ मिनेट ४७ सकेन्ड समय लगाए । नेपालकै हरेन्द्र के चौधरी र दीपक तामाङ दोस्रो र तेस्रो स्थानमा रहे ।

हरेन्द्रले तीन घन्टा सात मिनेट४३ सकेन्ड तथा दिपकले तीन घन्टा २१ मिनेट २३ सकेन्डमा दौड पुरा गरे । महिलातर्फ सान्याले तीन घन्टा ३९ मिनेट र २४ सकेन्ड समय लगाइन् । स्टेन हेजलवर्ग र सोफी स्टाइनर दोस्रो र तेस्रो स्थानमा रहे ।

१० किलोमिटर दौडमा पुरुषतर्फ सलमान शेख (१ः१८.४८ सकेन्ड) पहिलो, पेम्बा छिरिङ लामा (१ः२२.५२ सकेन्ड) दोस्रो र पुस्कर धामी (१ः३१.२२ सकेन्ड) तेस्रो भए । महिलातर्फ सितु लामा (१ः४०.३५ सकेन्ड), क्लारा बर्गगारेन (१ः४६.४९ सकेन्ड) दोस्रो र कामाल्या लि (२ः०१.२५ सकेन्ड) शीर्ष तीन स्थानमा रहेका थिए ।

२५ किमीको दौड गोदावरी, फुल्चोकी, मनकामना दोबाटो र बदीखेल भएर गोदावरीमा सुर्यचौरमा तथा १० किलोमिटर दौड गोदावरी, मनकामना दोबाटो र बदीखेल भएर गोदावरीमा सुर्यचौरमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा नेपालसहित बेलायत, अमेरिका, फ्रान्स, जापान, भारत, क्यानाडाका करीब १०० जना धावकधाविकाले सहभागिता जनाएका थिए । नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गरे ।





Read More