― Advertisement ―

Segway Navimow CEO किन यो यसको रोबोट ल्यान घाँस काट्ने मा ‘विशेषताहरूमा मात्र ढाल’ हुने छैन।

आजका रोबोट ल्यान घाँस काट्नेहरू पहिलेभन्दा धेरै सक्षम छन्। मैले CES 2026 मा धेरैजसो ब्रान्डका नयाँ मोडलहरू हेरेको थिएँ, र त्यहाँ पक्कै पनि केही...
Homeविजनेसकेन्द्र सरकारको लगानी अब ‘साहसिक मार्ग’मा मात्र – KhabarHost

केन्द्र सरकारको लगानी अब ‘साहसिक मार्ग’मा मात्र – KhabarHost


राष्ट्रिय

समाचार.

  • सरकारले पदमार्ग निर्माणका लागि नयाँ मापदण्ड ल्याएको छ जसअनुसार पदमार्गलाई हाइकिङ, सहज र साहसिक गरी तीन प्रकारमा वर्गीकरण गरिएको छ।
  • हाइकिङ पदमार्गमा स्थानीय तह, सहज पदमार्गमा प्रदेश सरकार र साहसिक पदमार्गमा केन्द्र सरकारले लगानी गर्ने व्यवस्था गरिएको छ।
  • पदयात्रामा सुरक्षा, विश्राम स्थल, शौचालय, सूचना केन्द्र र आपतकालीन उद्धारका लागि आवश्यक पूर्वाधार सुनिश्चित गर्नुपर्ने मापदण्ड तोकिएको छ।

१८ कात्तिक, काठमाडौं । सरकारले पदमार्ग निर्माणमा नयाँ मापदण्ड ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदमार्ग मापदण्ड सम्बन्धी दिग्दर्शन स्वीकृति गरेको छ । जसअनुसार अब देशभरी तीन प्रकारका पदमार्ग रहने भएका छन् ।

मन्त्रालयले एक दिनभित्र यात्रा गर्न सकिने न्यूनतम ५ किलोमिटर दूरीको पदमार्गलाई ‘हाइकिङ पदमार्ग’मा वर्गिकरण गरेको छ । एक दिन भन्दा बढी समय यात्रा गरिने र अधिकतम ३ हजार मिटर उचाइसम्मको मार्गलाई ‘सहज पदमार्ग’मा वर्गीकरण गरिएको छ ।

एक दिन भन्दा बढी समय यात्रा गरिने र तीन हजार भन्दा माथिको उचाइमा रहेको पदयात्रा मार्गलाई भने साहसिक पदमार्गमा वर्गीकरण गरिएको छ । मन्त्रालयका अनुसार अब पदमार्गको न्यूनतम लम्बाइ ५ किलोमिटर हुनुपर्छ ।

पदमार्गको न्यूनतम चौडाइ भने हाइकिङ र सहज पदमार्गको हकमा २ मिटर र साहसिक पदमार्गको हकमा १.५ मिटर हुनेगरी तोकिएको छ । सिँढीको उचाइ न्यूनतम १४ देखि अधिकतम १८ सेन्टिमिटरसम्म हुनु पर्ने गरी मापदण्ड तोकिएको छ ।

पदमार्ग निर्माण तथा व्यवस्थापनमा अन्तर सरकार समन्वय र सहकार्य अभिवृद्धि गर्दै पदमार्ग निर्माण तथा विकासमा एकरुपता ल्याउने उद्देश्यले यस्तो मापदण्ड बनाइएको मन्त्रालयले जनाएको छ ।

यसले पदयात्रीको सुरक्षा र सेवाको गुणस्तर वृद्धि हुने तथा दिगो, सुरक्षित, पहुँचयोग्य र पर्यावरणमैत्री पदमार्ग निर्माण हुने अपेक्षा सरकारको छ । यसबाट पदयात्रामा पर्यटकको आकर्षण बढाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कुन पदमार्गमा कुन तहको लगानी ?

लगानीको हकमा हाइकिङ पदमार्ग निर्माणमा स्थानीय तहले लगानी गर्नुपर्ने भएको छ । सहज पदमार्ग निर्माण प्रदेश सरकारको क्षेत्राधिकार रहने गरी तोकिएको छ ।

साहसिक पदमार्गमा भने नेपाल सरकारले लगानी गर्नुपर्ने गरी क्षेत्राधिकार तोकिएको छ । पदमार्ग निर्माण गर्दा स्थानीय निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने भएको छ ।परम्परागत सिप र श्रमको प्रयोग गर्नुपर्ने छ । तर, भौगोलिक दृष्टिले जटिल रहेका स्थानमा आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग गर्न सकिने गरी तोकिएको छ ।

पदमार्ग निर्माण गर्दा पदयात्रीका लागि आवश्यक पर्ने विश्राम स्थल, शौचालय, फोहोर संकलन तथा व्यवस्थापन पूर्वाधारजस्ता आधारभूत सेवा सुनिश्चित गर्नुपर्ने गरी मापदण्डमा तोकिएको छ ।

राष्ट्रिय निकुञ्ज र आरक्षभित्र पदमार्ग निर्माण गर्दा भने वन तथा वातावरण मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्नेछ । संरक्षण क्षेत्र तथा माध्यवर्ती क्षेत्रको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पूर्वसहमति लिनुपर्ने सर्त तोकिएको छ । निर्माणको काम सकिएपछि निकुन्ज र संरक्षित क्षेत्र भित्रको पदमार्ग भने सम्बन्धित आरक्ष वा निकुञ्जलाई हस्तान्तरण गर्न सकिने समेत मापदण्डमा तोकिएको छ ।

पदमार्गमा हुनुपर्ने सेवा यस्तो तोकियो

खानेपानी, शौचालय, आधारभूत सूचना तथा सञ्चार, पर्यटक सूचना केन्द्र सुनिश्चित गरिनुपर्ने भएको छ । यसैगरी विश्राम स्थल, आधारभूत स्वास्थ्य उपचार, सुरक्षा तथा आपतकालीन उद्धार, स-साना पुल, दृष्यावलोकन स्थल (भ्यू प्वाइन्ट) अनिवार्य रहनु पर्ने भएको छ ।

पदमार्गमा निजी आतिथ्य सेवामा निजी क्षेत्र

पदयात्रा मार्गमा आवास तथा खानपिनको व्यवस्थाका लागि भने तीन वटै तहका सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने भएको छ । साथै स्थानीय समुदायलाई समेत प्रोत्साहन गर्नुपर्ने मापदण्डमा तोकिएको छ ।

होमस्टे, होटेल, लज तथा रिसोर्टमा निजी क्षेत्रले लगानी गर्ने मापदण्डमा उल्लेख छ । कम्तिमा ५ किलोमिटरको दूरीमा चमेना गृह तथा खाजा घर रहनु पर्ने गरी मापदण्ड राखिएको छ । भौगोलिक दृष्टिले उपयुक्त समथर स्थानमा क्याम्पिङ रहनुपर्ने भएको छ ।

स्थानीय तहले समुदाय र निजी क्षेत्रको सहभागितामा सांस्कृतिक सम्पदाको संरक्षण, वृक्षारोपण, सरसफाइ र सौन्दर्यकरणको काम गर्नुपर्ने गरी तोकिएको छ । संरक्षित क्षेत्रको हकमा यो काम सम्बन्धित कार्यालयले गर्नुपर्ने भएको छ ।

पदमार्गको मर्मत सम्भारको काम स्थानीय तहले गर्नुपर्ने छ । यसका लागि आवश्यक रकम भने प्रदेश सरकार र केन्द्र सरकारले दिनुपर्ने भएको छ । स्थानीय तहले सरोकारवालाको सहभागितामा स्थानीय स्रोत, साधन र प्रविधि प्रयोग गरी फोहोरमैला संकलन, वर्गीकरण व्यवस्थापन गर्नुपर्ने भएको छ ।

आपतकालीन उद्धारमा के गर्ने ?

सम्बन्धित स्थानीय तहले स्थानीय प्रशासन, संरक्षित क्षेत्र कार्यालय, स्थानीय समुदाय, संघ संस्था, पर्यटक प्रहरी समेतको समन्वय र सहभागितामा पदयात्रीको सुरक्षा तथा जोखिम व्यवस्थापनमा काम गर्नुपर्ने भएको छ ।

यसका लागि पदयात्रामा पर्याप्त संकेत चिन्ह राख्नु पर्ने छ । जोखिमयुक्त स्थान सुरु हुने स्थानमा सावधानी बोर्ड राख्नु पर्ने छ ।

जोखिमयुक्त स्थानमा रेलिङ, लठ्ठा, बाँस, काठ, डोरीलगायतमा स्थानीय सामग्री र प्रविधि प्रयोग गरी पदमार्ग सुरक्षित बनाउनु पर्ने भएको छ । आपतकालीन उद्धारका लागि सञ्चार सुविधा, सूचना, सम्पर्क व्यक्ति, हेलिप्याड र उद्धारको व्यवस्था गर्नुपर्ने भएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More