― Advertisement ―

अल्ट्रा कम्प्याक्ट NucBox K17 Mini PC लाई पकेट-आकारको फ्रेममा ट्रिपल-अङ्कको AI प्रदर्शन र ज्वलन्त-छिटो मेमोरी प्रदान गर्ने भेट्नुहोस्।

NucPUBAI, NucBox1 का लागि KPUBAI, फुल कार्यसम्पादनIntel Core Ultra 5 226V प्रोसेसरले कुशल, उच्च-गति कम्प्युटिङ प्रदान गर्दछIntegrated Arc 130V GPU ले INT8 परिशुद्धता प्रयोग...
Homeराष्ट्रिय समाचारकेन्द्रीय समितिलाई बन्धक नबनाउन कांग्रेस नेता महरको आग्रह

केन्द्रीय समितिलाई बन्धक नबनाउन कांग्रेस नेता महरको आग्रह



१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीका पदाधिकारीहरूले केन्द्रीय समितिलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

पार्टीको १५औं महाधिवेशनको कार्यतालिका समयमै नल्याएर बारम्बार केन्द्रीय समिति बैठक स्थगित गरिएको भन्दै महरले यस्तो अवस्थाले समग्र केन्द्रीय समितिलाई नै बन्धक बनाएको अनुभूति भएको बताए ।

मंगलबार बानेश्वरस्थित सचिवालयमा भ्रातृ संगठनका पदाधिकारीसँगको छलफलमा नेता महरले महाधिवेशन समयमै सम्पन्न गर्नका लागि पदाधिकारीका तर्फबाट आउनुपर्ने कार्यतालिका शीघ्र ल्याउन माग गरे ।

‘कार्यतालिका समयमै नआएका कारण बारम्बार केन्द्रीय समितिको बैठक स्थगित हुँदा समग्र नेपाली कांग्रेस केन्द्रीय समितिलाई बन्धक बनाएको अनुभूति आफूलाई भएको छ,’ महरको भनाइ थियो ।

उनले पार्टीको विधानअनुसार चार वर्षमा हुनुपर्ने महाधिवेशन आजसम्म सम्पन्न गर्न नसक्नुमा केन्द्रीय समिति र विशेषगरी शीर्ष पदाधिकारीहरू जिम्मेवार रहेको औंल्याए ।

उनले सभापति, उपसभापति र महामन्त्री लगायतका ‘भी-फाइभ’ पदाधिकारी समयमा महाधिवेशन गराउन नसकेकोमा बढी जिम्मेवार रहेको बताए ।

‘विधानले दिएको जिम्मेवारीसमेत पूरा गर्न नसक्दा र सदस्यता वितरण लगायतका काम समयमा नहुँदा आजको स्थिति आएको हो,’ उनले भने ।

महरले समयमै नियमित महाधिवेशन सम्पन्न गर्न नसक्ने अवस्थामा पुर्‍याउने पदाधिकारीहरूले यसको जिम्मेवारी लिनुपर्ने बताए ।

उनले पार्टीभित्र विशेष महाधिवेशन, नियमित महाधिवेशन वा समयमै महाधिवेशन गर्नुपर्ने जस्ता सबै सुझावहरूले कांग्रेसलाई बलियो बनाउने भन्दै सबै विचार समूहलाई समेटेर एकीकृत धारणा बनाउनुपर्नेमा जोड दिए ।

नेता महरले अहिले नेपाली कांग्रेसले आन्तरिक किचलोमा अल्झिनुभन्दा देशका सामु देखिएका चुनौतीहरूको सामना गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

‘नेपाली कांग्रेसले देशको सबैभन्दा ठूलो र स्थापित दल भएको कारणले सबै राजनीतिक दल, सरकार र नयाँ पुस्तासँग समेत संवाद गरेर देशलाई निकास दिन नेतृत्वदायी भूमिका खेल्नुपर्छ,’ उनले भने ।

उनले आगामी २१ फागुनका लागि तोकिएको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि वातावरण बनाउन पनि कांग्रेसले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याए ।





Read More