― Advertisement ―

Nvidia ले आफ्नो AI इकोसिस्टम र र्याक-स्केल NVLink फ्यूजन नेटवर्कमा कस्टम चिपहरू एकीकृत गर्न मार्वेलमा $ 2 बिलियन लगानी गर्छ।

Nvidia मा Nvidia मा अर्बौं डलर लगानी ल्याउनुहोस्। इकोसिस्टमNVLink फ्युजनले तेस्रो-पक्ष एक्सेलेटरहरूलाई Nvidia GPU सँग कुशलतापूर्वक सञ्चार गर्न सक्षम बनाउँछMarvell ले आफू अनुकूल XPU...
Homeअन्तर्राष्ट्रियकेन्टुकीमा कार्गो विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुग्यो

केन्टुकीमा कार्गो विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुग्यो


राष्ट्रिय

समाचार.

  • अमेरिकाको केन्टुकीमा यूपीएस कार्गो विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।
  • लुइविल विमानस्थलबाट उडान भर्नेक्रममा विमानमा आगलागी भई कम्तीमा ११ जना घाइते भएका छन्।
  • विमानमा झण्डै ३८ हजार ग्यालेन इन्धन भरिएको र आगलागीले नजिकैको कारोबारी प्रतिष्ठान समेत चपेटामा परेको छ।

१९ कात्तिक, काठमाडौं । अमेरिकाको केन्टुकीमा कार्गो विमान दुर्घटना हुँदा मृत्यु  हुनेको संख्या सात पुगेको छ ।

केन्टुकीका गभर्नर एन्डी बेशियरले दिएको जानकारी अनुसार लुइविल विमानस्थलबाट उडान भर्नेक्रममा यूपीएस कार्गो विमानमा आगलागी भएको थियो ।

यसअघि विमान दुर्घटनामा तीन जनाको मात्र मृत्यु भएको बताइएको थियो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

घटनामा कम्तीमा ११ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार विमान सवार रहेकाहरूलाई गम्भीर चोट लागेको देखिएको छ ।

विमानमा झण्डै ३८ हजार ग्यालेन इन्धन भरिएको थियो । जस कारण पनि भयानक विस्फोट हुन पुग्यो । आगलागीले नजिकैको एक कारोबारी प्रतिष्ठान समेत चपेटमा परेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More