राष्ट्रिय
समाचार.
- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन्।
- उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न निर्देशन दिएका छन्।
- सरकारले नागढुंगा सुरुङमार्ग १ जनवरी २०२६ देखि सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ।
२८ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन् ।
आइतबार साँझ निर्माणस्थल अनुगमनमा पुगेका उनले सोही क्रममा रातिको समयमा पनि काम गर्न निर्देशन दिए । उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न भनेका हुन् ।
त्यस्तै सडक निर्माणमा अवरोध गरिरहेका विद्युतीय पोल तत्काल सार्न पनि मन्त्री घिसिङले निर्देशन दिए । नागढुंगा सुरुङमार्ग १ जनवरी २०२६ देखि सञ्चालनमा ल्याउने घोषणा सरकारले गरिसकेको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

