― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeजीवनशैली/स्वास्थ्यकुन कति राम्रो ? – KhabarHost

कुन कति राम्रो ? – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कपडाका मुख्य प्रकारहरू प्राकृतिक, कृत्रिम र मिश्रित छन् जसले फरक–फरक गुण र प्रयोगका आधारमा वर्गीकरण गरिन्छ।
  • सुती र लिनेन कपडा पर्यावरणमैत्री, आरामदायी र टिकाउ भएकाले सामान्य प्रयोगका लागि उत्कृष्ट मानिन्छन्।
  • कपडा छनोट गर्दा मौसम, प्रयोगको उद्देश्य र बजेटलाई ध्यानमा राख्नुपर्छ; गर्मीमा सुती र लिनेन, जाडोमा ऊन र एक्रिलिक उपयुक्त हुन्छन्।

कपडा हाम्रो दैनिक जीवनको हिस्सा हो, जुन विभिन्न सामग्री, बनावट र प्रयोगका आधारमा फरक–फरक प्रकारका हुन्छन् । प्राकृतिक कपडाहरू जस्तै सुती र लिनेनदेखि कृत्रिम कपडाहरू जस्तै पोलिस्टर र नाइलनसम्म, प्रत्येकको आफ्नै विशेषता र महत्व छ ।

कपडाका मुख्य प्रकारहरू, तिनका गुण र कुन अवस्थामा कुन कपडा उपयुक्त हुन्छ भन्ने बारे संक्षिप्तमा जानौँ :

कपडाका प्रकार

प्राकृतिक कपडाहरू

प्राकृतिक कपडाहरू पशु, बोटबिरुवा वा खनिजबाट प्राप्त हुन्छन् । यिनीहरू पर्यावरणमैत्री र जैविक रूपमा विघटनशील हुन्छन् ।

१.सुती

सुतीको कपडाको स्रोत कपासको बोटको फल हो । यो कपडा नरम, हावा पास हुने, हल्का र पसिना सोस्ने हुन्छ । यो छालामा आरामदायी हुन्छ । यो कपडाका कुर्ता, सारी, टिर्सट, तन्ना तौलिया आदि बजारमा पाइन्छ । यस्तो कपडा सस्तो, टिकाउ र हेरचाह गर्न सजिलो हुन्छ । तर, यस्ता कपडा सजिलै चाउरी पर्ने, रंग बिग्रने सम्भावना भने हुन्छ ।

२.रेशम

रेशम कपडाको स्रोत रेशमकीराको कोकुन हो । यो कपडाको विशेषता भनेको चम्किलो, नरम र विलासी हो, जसले हल्का र चिसो अनुभव गराउँछ । यो कपडाबाट सारी, ड्रेस, स्कार्फ र विशेष अवसरका लुगाहरू बनाइन्छ । यो कपडा देख्नमा सुन्दर र चम्किलो हुन्छ साथै छालामा आरामदायी हुन्छ । तर, यो कपडा अली महँगो, हेरचाह गर्न गाह्रो र पानीले बिग्रन सक्ने हुन्छ ।

३.ऊन

ऊनको कपडाको स्रोत भेडा, बाख्रा वा अन्य जनावरको रौँ हो । यो कपडाको विशेषताको कुरा गर्दा यो न्यानो, टिकाउ र लचिलो हुन्छ । यसको प्रयोगबाट स्वेटर, कोट, टोपी र जाडोका लुगा बनाइन्छ । ऊनको कपडा न्यानो र प्राकृतिक रूपमा पानीले हत्तपत्त नबिग्रने हुन्छ ।

४.लिनेन

लिनेन कपडाको स्रोत फ्लेक्सको बोट हो । यो कपडा हल्का, हावा पास हुने र बलियो हुन्छ । पछिल्लो समय लिनेनको प्यान्ट एकदमै ट्रेन्डमा छ । साथै लिनेनको ड्रेस र सर्ट, टिर्सट पनि फेसनमा छ । यो कपडा पर्यावरणमैत्री, शितल र टिकाउ हुन्छ । तर, यो कपडा सजिलै चाउरी पर्ने र अलि महँगो हुन्छ ।

५.जुट

जुटको कपडाको स्रोत जुटको बोट हो । यो कपडाको विशेषताको कुरा गर्दा यो बलियो, कडा र पर्यावरणमैत्री हुन्छ । यसको प्रयोगबाट विशेषगरी बोरा, झोला र सजावटका सामान तयार गरिन्छ । यो सस्तो, जैविक रूपमा विघटनशील हुन्छ ।

कृत्रिम कपडाहरू

कृत्रिम कपडाहरू रासायनिक प्रक्रियाद्वारा बनाइन्छन् । यिनीहरू प्रायः सस्ता र टिकाउ हुन्छन् ।

१.पोलिस्टर

पोलिस्टरका कपडाहरू बलियो, चाउरी नपर्ने र रङ टिक्ने हुन्छन् । यसको प्रयोग शरीरमा लगाउने कपडा, पर्दा र फर्निचरका कभर बनाउन हुन्छ । पोलिस्टर सस्तो, टिकाउ, र हेरचाह गर्न सजिलो कपडा हो । तर, यो कपडा हावा पास नहुने र छालामा असहज हुने हुन्छन् ।

२.नाइलन

नाइलनको कपडा हल्का, बलियो र लचिलो हुन्छन् । जसको प्रयोग मोजा, डोरी र खेलकुदका लुगा बनाउन प्रयोग हुन्छ । यस्ता कपडा पानी प्रतिरोधी र लामो समय टिक्ने हुन्छन् । तर, नाइलनको कपडा गर्मीमा असहज हुने, शरीर पोल्ने हुन सक्छ ।

३.रेयोन

रेयोनको कपडा रेशमजस्तो चमकिलो र नरम हुन्छ तर रेसमभन्दा सस्तो हुन्छ । यसको प्रयोगबाट विशेषगरी ड्रेस, कुर्ता र सजावटका सामाग्री तयार गरिन्छ । यो रेशमको सस्तो विकल्प हो । तर, यो टिकाउ हुँदैन र पानीले बिग्रन सक्छ ।

४.एक्रिलिक

एक्रिलिकको कपडा ऊनजस्तो नरम, हल्का र न्यानो हुन्छ । जसको प्रयोग स्वेटर, कार्पेट र जाडोको लुगा बनाउन हुन्छ । यो कपडा सस्तो हुन्छ र रङ पनि लामो समय टिक्ने हुन्छ ।

मिश्रित कपडा

मिश्रित कपडाहरू प्राकृतिक र कृत्रिम फाइबरको संयोजनबाट बन्छन् । यिनीहरूले दुवैको विशेषताहरू संयोजन गर्छन् ।

१.सुती–पोलिस्टर

सुती र पोलिस्टर मिसिएको कपडा नरम, टिकाउ र चाउरी कम पर्ने हुन्छन् । यसको प्रयोग विशेषगरी स्कूल युनिफर्म, सर्ट र प्यान्ट बनाउनमा हुन्छ । यो कपडा सस्तो, हेरचाह सजिलो हुन्छ ।

२.ऊन–एक्रिलिक

ऊन र एक्रिलिक मिसिएर बनेको कपडा न्यानो, नरम र सस्तो हुन्छ । यसको प्रयोगबाट स्वेटर र जाडोको लुगा बन्छ । यो कपडाबाट बनेको लुगा ऊनको तुलनामा सस्तो हुन्छ तर कम टिकाउ हुन्छ ।

कुन कपडा सबैभन्दा राम्रो ?

कुन कपडा सबैभन्दा राम्रो भन्ने कुरा प्रयोगको उद्देश्य, मौसम, व्यक्तिगत प्राथमिकता र बजेटमा निर्भर गर्छ । तथापि, यदि सामान्य मापदण्ड जस्तै आराम, टिकाउपन, पर्यावरणमैत्री र बहुउपयोगीतालाई आधार मान्छौं भने सुती र लिनेनलाई प्रायः उत्कृष्ट मानिन्छ ।

सुतीको कपडा किन राम्रो ?

सुतीको कपडा नरम र हावा पास हुने हुन्छ, जसले छालालाई सधैं ताजा राख्छ । यो गर्मी र हल्का जाडो दुवैमा उपयुक्त हुन्छ । राम्रो गुणस्तरको सुतीको कपडा लामो समय टिक्छ र बारम्बार धुँदा पनि बिग्रँदैन । साथै जैविक कपास पर्यावरणमैत्री र रासायनमुक्त हुन्छ ।

यो जैविक रूपमा विघटनशील पनि हुन्छ । सुतीबाट टि–सर्ट, सारी, कुर्ता, जिन्स, तन्ना र तौलिया जस्ता विभिन्न सामान बनाउन सकिन्छ । साथै कपास विश्वभर उपलब्ध छ र अन्य प्राकृतिक कपडा जस्तै रेशम वा लिनेन भन्दा सस्तो हुन्छ ।

लिनेन किन राम्रो ?

लिनेनको कपडा चिसो र आरामदायी हुन्छ । लिनेन गर्मीमा अत्यन्तै आरामदायी हुन्छ किनभने यसले हावालाई राम्रोसँग प्रवाह गर्छ । लिनेन कपास भन्दा पनि बलियो हुन्छ र लामो समय टिक्छ । फ्लेक्सको बोटलाई कम पानी र रासायनिक मल चाहिन्छ, जसले यो पर्यावरण सुहाउँदो बनाउँछ । लिनेनको प्राकृतिक चमक र बनावटले यसलाई विलासी बनाउँछ ।

किन यी दुई उत्कृष्ट ?

कपास र लिनेन दुवै छालामा कोमल हुन्छन् र एलर्जी हुने सम्भावना कम हुन्छ । यी दुवै गर्मीमा उत्कृष्ट हुन्छन्, र कपास हल्का जाडोमा पनि प्रयोग गर्न सकिन्छ । सुती सजिलै धुन र मर्मत गर्न सकिन्छ, जबकि लिनेनलाई अलि बढी हेरचाह चाहिन्छ । जैविक कपास र लिनेन दुवै पर्यावरणलाई कम हानि गर्छन्, विशेषगरी कृत्रिम कपडा जस्तै पोलिस्टरको तुलनामा ।

अन्य कपडाहरू किन कम राम्रो ?

रेशम : महँगो र हेरचाह गर्न गाह्रो ।

ऊन : जाडोमा मात्र उपयुक्त, र छाला चिलाउने समस्या हुन सक्छ ।

पोलिस्टर, नाइलन : हावा पास हुन गाह्रो र पर्यावरणलाई हानि गर्छ ।

जुट : लुगा बनाउन कम उपयुक्त, कडा हुन्छ ।

कुन कपडा कुन अवस्थामा उपयुक्त ?

गर्मीका लागि : कपास, लिनेन र रेयोन

जाडोका लागि : ऊन, एक्रिलिक र मिश्रित कपडा

विशेष अवसर : रेशम र मखमल

खेलकुद वा बाहिरी गतिविधि : नाइलन, पोलिस्टर र मिश्रित कपडा

सस्तो र टिकाउ विकल्प : कपास–पोलिस्टर मिश्रित ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More