― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest newsकिन प्राथमिकतामा पर्दैनन् बालबालिका ? – KhabarHost

किन प्राथमिकतामा पर्दैनन् बालबालिका ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • राजनीतिक दलहरूले बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणलाई घोषणापत्रमा प्राथमिकता दिनुपर्ने सुझाव दिइएको छ।
  • नेपालमा १८ वर्षमुनिका बालबालिकाको संख्या ९८ लाख ६९ हजार ५८३ छ, जुन कुल जनसंख्याको ३४ प्रतिशत हो।

फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब धेरै दिन बाँकी छैन । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रका लागि ६८ वटा राजनितिक दलले उम्मेदवार उठाएका छन् । अन्य केही स्वतन्त्र उम्मेदवार पनि छन् । केही दलले भावी प्रधानमन्त्री समेत घोषणा गरेका छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू आफनो पार्टीको घोषणापत्र निर्माणमा लागिरहेका छन् । घोषणापत्रमा विभिन्ने योजना तथा प्रतिबद्धताहरू समेटिन्छन् । यहाँ चर्चा गर्न लागिएको विषय हो- राजनीतिक दलका घोषणा पत्रमा बालकालिकाका के-कस्ता विषय समेटिनु आवश्यक छ त ?

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १८ वर्षमुनिका बालबालिकाको संख्या ९८ लाख ६९ हजार ५८३ रहेको छ । यो नेपालको कुल जनसंख्याको ३४ प्रतिशत हो । बढ्दो बेरोजगारी, कमजोर आर्थिक अवस्था, युवा शक्ति विदेश पलायन हुनु जस्ता कारणले अहिले जन्मदर घट्दो क्रममा छ ।

यसले नेपालको जनसंख्या वितरणमा नकारात्मक असरपर्ने अवस्था बन्दै गएको छ । आन्तरिक बसाइँसराइ, युवाशक्ति विदेशिनु, गाउँमा सुविधा तथा अवसरको कमी जस्ता समस्याले गर्दा नेपालका अधिकांश ग्रामीण भेगमा वृद्धवृद्धाको संख्या बढदै गएको छ । युवा र बालबालिकाको संख्या घटदो क्रममा छ ।

यो प्रवृत्ति कायम रहेमा अबको २० वर्ष पछि नेपालका अधिकांश ग्रामीण भेगमा भोट हाल्ने जनता नै नहुने अवस्था छ । यो कुरालाई देशको नेतृत्व गर्न तम्सिएका राजनीतिक दलले गम्भीर रूपमा लिनै पर्छ । युवालाई गाउँमै रोजगारी दिने र गाउँमै बालबालिकालाई राम्रो शिक्षा दिने वातावरण बनाउने कुरामा राजनीतिक दलहरूले जोड दिनुपर्छ ।

देशको भविष्य भनेको बालबालिका हुन्, त्यसैले बालबालिका केन्द्रित योजना तथा प्रतिबद्धताहरू दलले अघि सार्नै पर्छ ।

यहाँ सुरुगरौं एक चाइनिज भनाइ छ, ‘यदि तपाइ एक वर्षमा आम्दानी चाहनुहुन्छ भने कृषि गर्नुहोस, १० वर्षमा आम्दानी चाहनुहुन्छ भने रुख रोप्नुहोस र जन्मजन्मान्तर आम्दानी चाहनुहुन्छ भने बालबालिकामा लगानी गर्नुहोस् ।’

यसरी हेर्दा राजनीतिक दलले आफनो भावी योजनामा बालबालिकालाई प्राथमिकतामा राखी उनीहरूमा लगानीको सुनिश्चितता गर्नुपर्छ ।

बालबालिकालाई योग्य र शिपयुक्त शिक्षित नगरिक बनाउन र आगामी २० वर्षपछि राजनीतिक दलले राजनीति गर्ने जनसंख्या बनाइराख्न पनि बालबालिकाबारे सोच्नैपर्ने देखिन्छ ।

बालबालिका लागि नेपालले गरेका अन्तराष्ट्रिय प्रतिबद्धता, हस्ताक्षर गरेका महासन्धिहरू, नेपालको संविधान, बाललबालिकासम्बन्धी ऐन, सोह्रौ योजना तथा अन्य कानुनी तथा नीतिगत व्यवस्थामा हामी अगाडि नै छौं । तर त्यसको कार्यान्वयन पक्ष र प्राथमिकता एकदमै कमजोर छ । यसले नागरिकमा राजनीतिक दलप्रति अविश्वास बढाइरहेको छ ।

विगतका निर्वाचनमा राजनीतिक दलले तयार गरेको घोषणा पत्रहरू अध्ययन गर्ने हो भने कुनै पनि दलले बालबालिकालाई प्राथमिकतामा राखेको पाइँदैन । त्यसैले जेन्जी आन्दोलनपश्चात परिवर्तित सन्दर्भमा हुन गइरहेको निर्वाचन अघिल्ला निर्वाचन भन्दा फरक हुनैपर्छ ।

सहभागी राजनीतिक दलले अबको घोषणा पत्रमा बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।

शिक्षा

माध्यमिक तहसम्म नि:शुल्क शिक्षा नेपालको संविधानले दिएको मौलिक हककै रूपमा रहेको छ । आवश्यकता यसको कार्यान्वयनको हो । शिपमूलक शिक्षा, सबै बालबालिकाको विद्यालयसम्म पहुँच र विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने प्रवन्ध लगायतका कुराहरु समेटिनु पर्दछ ।

स्वास्थ्य

बालबालिकाका लागि आधारभूत स्वास्थ्यको प्रबन्ध, स्थानीय तहमा बाल विशेषज्ञ सहितको स्वास्थ्य संस्थाको स्थापना, सरकारी तवरबाट बालबालिकाको अनिवार्य स्वास्थ्य बीमा र सम्पूर्ण घातक रोगको निःशुल्क उपचारको प्रबन्ध लगायतका विषय प्राथमिकताम पर्नुपर्छ ।

संरक्षण

बालबालिकाको संरक्षणको सवाल हेर्दा बालसंरक्षण प्रणाली स्थापना र सुदृढिकरणदेखि बालबालिकामाथि हुने दुर्व्यवहार, शोषण ( र हिंसाका घटनाहरू उल्लेखनीय रूपमा रहेकाछन् । पहिलो दृष्टिमा बाल अधिकारको संवर्द्धन, संरक्षण र प्रत्याभूति गर्ने जिम्मेवारी सरकारको हो । तर विभिन्न माध्यबाट बाहिर आएका घटनाहरू हेर्दा बालबालिका घर, विद्यालय, समुदाय लगायत कहीँ पनि सुरक्षित देखिँदैनन् ।

त्यसैले बालबालिकाको संरक्षणका लागि राज्य, नागरिक समाज, संघसस्था, विद्यालय घरपरिवारलाई जिम्मेवार बनाउने उचित प्रबन्ध जरुरी छ ।





Read More