― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsकाशीनाथ अधिकारीले उम्मेदवारी नै दिएनन्, भन्छन्- म एक्जिट भएँ

काशीनाथ अधिकारीले उम्मेदवारी नै दिएनन्, भन्छन्- म एक्जिट भएँ



२९ मंसिर, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले पनि उम्मेदवारी नै दर्ता गरेनन् ।

स्थायी कमिटी सदस्यहरूमध्ये सबैभन्दा शक्तिशाली भूमिकामा रहेका अधिकारीले कुनैपनि पदमा उम्मेदवारी दर्ता नगराएका हुन् । ‘मैले कुनैपनि पदमा उम्मेदवारी दिइनँ,’ उनले अनलाइनखबरसँग भने, ‘म एक्जिट भएँ ।’

अधिकारी एमालेका संगठन विभाग प्रमुख छन् । पार्टी सदस्य, प्रतिनिधिबारे निर्णयदेखि संगठनका अरु संगठनात्मक काम समेत पर्ने यो विभाग एमालेमा शक्तिशाली मानिन्छ ।

सिनियर नेता भएपनि स्थायी कमिटीमा मात्रै भएकाले अधिकारीलाई यो विभागको जिम्मेवारी दिइएको थियो । यो महाधिवेशनको प्रतिनिधि चयनमा देखिएका विवादहरू हल गर्दै मनोनयन दर्तासम्म पुग्ने बातावरण निर्माणमा अधिकारीको भूमिका पार्टी वृत्तमा प्रशंसा नै भइरहेको छ ।

तर अधिकारीले भने राजनीतिक अवकाशको बाटो रोजेका छन् । नेताहरुका अनुसार, संस्थापन समूहका तर्फबाट अधिकारीलाई अनुशासन आयोगको अध्यक्षको टिकट दिइएको थियो ।

केशव बडालले राजनीतिबाट बिदा लिने निर्णय गरेसँगै अधिकारीलाई यहाँ लैजाने ओलीको योजना थियो । तर आफ्ना लागि छुट्याइएको ठाउँमा अधिकारीले उम्मेद्वारी दिएनन् ।

‘मैले अरु साथीलाई अवसर दिन आवश्यक ठानेँ,’ अधिकारीले अनलाइनखबरसँग भने । ६६ वर्षीय अधिकारीले हठात् राजनीतिबाट बिदा लिने निर्णय किन लिए ?

अरुलाई अवसर दिन उम्मेदवारी नदिएको भनेपनि अधिकारीले आयोगको अध्यक्षमा जानुलाई आफ्नो अपमान सम्झेको हुन सक्ने एक नेता बताउँछन् । ‘महेश बस्नेतले सचिवको टिकट पाएँ, तर आफूले आयोगतिर जानुपर्ने हुँदा उहाँले बिदा लिने निर्णय लिनु भएको हुनसक्छ,’ उनी भन्छन् ।

लामो समयदेखि ओलीलाई सहयोग गर्दै आएका अधिकारीले उम्मेदवारी दर्ता नगरेपछि प्रा डा. भरतराज पहाडी निर्विरोध अध्यक्ष बनेका छन् ।





Read More