― Advertisement ―

स्पार्कक्याट मालवेयर एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूलाई लक्षित गर्न फर्कन्छ, निर्दोष एपहरूमा लुकेर तपाईंको विवरणहरू चोर्न प्रयास गर्न

Sparkerfoto Store मा iOS र PlayStore स्टोर एपहरूओसीआर र किवर्डहरू मार्फत क्रिप्टोकरेन्सी बीज वाक्यांशहरू लक्षित गर्दछनयाँ अस्पष्टता प्रविधिहरूले पत्ता लगाउन अझ गाह्रो बनाउँछSparkCat, एक...
HomeLatest newsकार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, स्वकीय कटौतीबारे छलफल

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, स्वकीय कटौतीबारे छलफल


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा शुरू भएको छ र सांसदका स्वकीय सचिव कटौती सम्बन्धी निर्णयबारे छलफल भइरहेको छ।
  • सरकारले संघीय संसद्का पदाधिकारी र सदस्यहरूको स्वकीय सचिवको सुविधा खारेज गरेको छ र प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको सुविधा खोसेको छ।
  • सभामुख र राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सुविधा कटौती नभए पनि बाँकी ३३२ सांसदको सुविधा कटौती भएको छ र संघीय संसद्ले असन्तुष्टि जनाएको छ।

२१ कात्तिक, काठमाडौं। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा शुरू भएको छ। बैठकमा सांसदहरूका स्वकीय सचिव कटौती सम्बन्धी सरकारको निर्णयबारे छलफल हुँदैछ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा समेत उपस्थित छन्। सरकारले संघीय संसद् अन्तर्गत सांसद र संसद्का पदाधिकारीले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज गरेको छ।

सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूचीमा हेरफेर गरेर सांसद र संसद्का पदाधिकारी अन्तर्गत रहेका प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको स्वकीय सुविधा खोसेको हो।

संघीय संसद्‌ अन्तर्गत प्रतिनिधि सभा २७५ सदस्यीय र राष्ट्रिय सभा ५९ सदस्यीय छ। जम्मा ३३४ जना मध्ये सभामुख र राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सुविधा कटौती भएको छैन। बाँकी ३३२ जनाको स्वकीय सचिवको सुविधा कटौती भएको छ।

यो विषयमा संघीय संसद्ले असन्तुष्टि जनाउँदै आएको छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More