― Advertisement ―

NordVPN को नेक्स्ट-जेन एन्टिभाइरसले 96% फिसिङ ब्लक दरको साथ स्वतन्त्र परीक्षण गर्दछ

NordVPN को एन्टिभाइरस %% ब्लकमा अर्को एन्टिभाइरस साइट ब्लक गरियो 2026 AV- तुलनात्मक परीक्षणसफ्टवेयरले सक्रिय खराब लिङ्कहरू र 200 वैध बैंकिङ URL हरू बीच...

Norton Antivirus Plus मात्र £25 छ

Homeराष्ट्रिय समाचारकात्तिकनाचमा हिरण्यकशिपु वध (तस्वीरहरु) – KhabarHost

कात्तिकनाचमा हिरण्यकशिपु वध (तस्वीरहरु) – KhabarHost



काठमाडौं । ललितपुरको पाटन कृष्ण मन्दिर अगाडि प्रदर्शन गरिएको ऐतिहासिक कात्तिकनाचका क्रममा सोमबार राति हिरण्यकशिपु वध प्रदर्शन गरिएको छ ।

यस नाचमा नरसिंह अवतारमा रहेका पात्रले हिरण्यकशिपु पात्रको वध गरेको क्षण सबैभन्दा बढी आकर्षक मानिन्छ ।

कात्तिकनाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार हिरण्यकशिपुका वध गरेपछि कलाकारले होस गुमाउँछन् । यो क्षण नै दर्शकका लागि सबैभन्दा चाखलाग्दो बन्ने गरेको छ ।

विष्णुभक्त छोरो प्रह्लादलाई हिरण्यकशिपु दैत्यले मार्न अनेक कोसिस गरेको तर उल्टै नरसिंह अवतारमा विष्णुले नै हिरण्यकशिपुलाई मारेको धार्मिक कथालाई कात्तिक नाचको क्रममा हरेक वर्ष प्रदर्शन गरिन्छ ।

विसं १६९७ (नेसंं ७६१) मा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले कात्तिकनाच सुरु गरेको र ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले जनतालाई नैतिक शिक्षा दिनका लागि कात्तिकनाच देखाउने गरेको इतिहासमा पढ्न पाइन्छ ।

धार्मिक र तान्त्रिक महत्वसँग जोडिएको यो नाच ५० वर्ष अघिसम्म एक महिनासम्म चल्ने गरेकोमा हाल १० दिनसम्म मात्र चल्दछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More