― Advertisement ―

एप्पलले macOS, iOS र थपलाई असर गर्ने खतरनाक शून्य-दिन त्रुटि फिक्स गर्दछ – ‘अत्यन्त परिष्कृत आक्रमण’ बाट बच्न अब अपडेट गर्नुहोस्।

एप्पल प्याचहरू C-V6202002 दिनमा शून्य दिनमा लिङ्क सम्पादक (dyld) फ्ल सक्षम गरिएको स्वेच्छाचारी कोड कार्यान्वयन, परिष्कृत लक्षित आक्रमणहरूमा प्रयोग गरिन्छiOS, iPadOS, macOS, tvOS, watchOS,...
Homeमनोरन्जन‘काठमाडौं हरर फिल्म फेस्ट’ सुरु, १५ देशका २५ फिल्म देखाइने ‘काठमाडौं हरर...

‘काठमाडौं हरर फिल्म फेस्ट’ सुरु, १५ देशका २५ फिल्म देखाइने ‘काठमाडौं हरर फिल्म फेस्ट’ सुरु, १५ देशका २५ फिल्म देखाइने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल फिल्म एन्ड कल्चर एकेडेमीद्वारा आयोजित काठमाडौं हरर फिल्म फेस्ट २०२५ अक्टोबर ३१ देखि कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा सुरु भएको छ।
  • फेस्टिभलमा १५ देशका २५ चलचित्र प्रदर्शन हुँदैछन् र नोभेम्बर २ सम्म चल्नेछ भने तीन मुख्य पुरस्कार प्रदान गरिनेछ।
  • चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हेलोविन र नेपालका परम्परागत चाडबीच समानता रहेको उल्लेख गर्नुभयो।

काठमाडौं । पश्चिमा मुलुकमा धुमधामपूर्वक मनाइने पर्व हेलोविनको अवसरमा ‘काठमाडौं हरर फिल्म फेस्ट २०२५’ सुरु भएको छ ।

हेलोवीन हरेक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो । फसल मौसमको अन्त्य र जाडोको सुरुवातको छेकोमा सेलिब्रेसन गरिने यो पर्व मृत्यु र आत्त्मिक संसारसँग सम्बन्धित छ ।

नेपाल फिल्म एन्ड कल्चर एकेडेमीद्वारा आयोजित ३ दिने फेस्टिभल कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा चल्नेछ । एकेडेमीले रुसी दूतावास र केन्द्रको सहकार्यमा फेस्टिभल गरेको जनाएको छ ।

महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखेको एकेडेमीका उपाध्यक्ष शिव पुरीले बताए ।

महोत्सव निर्देशक रसिक पाठकले हरर सिनेमाको भावनात्मक र कलात्मक गहिराइबारे भने, ‘दशकौँदेखि नेपाली चलचित्रले प्रेम, समाज र अध्यात्मलाई अन्वेषण गर्दै आएको छ तर आज हामी नयाँ क्षेत्रमा प्रवेश गरेका छौँ । डर, रहस्य र कल्पनाको ।’

उनले अघि भने, ‘हरर केवल भूत र छायाँको कुरा होइन, यो आफैंभित्र र वरिपरि रहेका अज्ञातसँगको सामना हो ।’

पाठकका अनुसार, हेलोविनको दिनमा सुरु भएको महोत्सवले नेपाली कथाकार र अन्तर्राष्ट्रिय हररप्रेमीबीच सांस्कृतिक सेतु निर्माण गर्ने लक्ष्य राखेको छ ।

मुख्य अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हेलोविन र नेपालका गठेँमंगल र गाईजात्राजस्ता परम्परागत चाडबीच समानता रहेको बताए ।

‘संसार एउटै हो, डर र साहसजस्ता भावनाहरू सार्वभौमिक हुन्’ उनले भने, ‘भौतिकताले भरिएको यो युगमा पनि यस्ता उत्सवले मानवीय सम्बन्धलाई जोगाइराख्छन् र सृजनात्मक सम्बन्ध बलियो बनाउँछन् ।’
डीसीले स्वतन्त्र फिल्म फेस्टिभलको सञ्जाल विस्तार गर्न बोर्डले छिट्टै नेपालभरका महोत्सव आयोजकबीच सहकार्य बढाउने पहल गर्दै गरेको जानकारी दिए ।

निर्देशक तुलसी घिमिरेले महोत्सवलाई ‘उत्कृष्ट पहल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको उत्कृष्ट प्लेटफर्म’ भएको बताउँदै प्रशंसा गरे ।

उनले भने, ‘रसियन हाउस र एनएफसीएका बीचको यस्ता सहकार्यले सिर्जनात्मक विकास र सांस्कृतिक समझदारीमा अर्थपूर्ण योगदान पुर्‍याउँछन् ।’

जुरी सदस्य राजभाई सुवालले सहभागीलाई सबै चलचित्र हेर्न र सिकाइको अवसर नछुटाउन आग्रह गरे ।

“यस्ता महोत्सव चलचित्रप्रेमीका लागि अमूल्य हुन्छन । प्रत्येक कथाबाट केही न केही सिक्न सकिन्छ’ उनले भने । अन्य जुरी सदसयमा अलेक्जान्द्रा एनबर्ग (स्विडेन), यास्मिन बुचफार (मोरोक्को) र होसम फहमी (जर्मनी) छन् ।

महोत्सव ओपनिङ रुसी फिल्म ‘शमन’ बाट गरियो, जसलाई मिखाइल मर्जलिकिनले निर्देशन गरेका हुन् । महोत्सवमा १५ देशका २५ चलचित्र प्रदर्शन हुँदैछन्, जुन ८० भन्दा बढी प्राप्त आवेदनबाट छनोट गरिएका हुन् । यी चलचित्रमा मनोवैज्ञानिक, अलौकिक र सांस्कृतिक आयामका कथा समेटिएका छन् ।

महोत्सवले नोभेम्बर २ सम्म प्रदर्शन जारी राख्नेछ । समापन समारोहमा ३ मुख्य पुरस्कार सर्वोत्कृष्ट फिचर फिल्म, सर्वोत्कृष्ट लघु चलचित्र र सर्वोत्कृष्ट यूथ फिल्म (३० वर्ष मुनिका निर्देशकका लागि) प्रदान गरिनेछ ।

दर्शकले खल्ती एपमार्फत टिकट खरिद गरी रसियन हाउस, कमलपोखरीमा प्रदर्शन हेर्न सक्नेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More