― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsकाठमाडौं किंग्सको जर्सी र एन्थम सार्वजनिक – KhabarHost

काठमाडौं किंग्सको जर्सी र एन्थम सार्वजनिक – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं किंग्सले एनएसपीएल २०२५ का लागि आफ्नो जर्सी र अफिसियल एन्थम दरबारमार्गस्थित क्याफोफिलिया क्याफेमा सार्वजनिक गरेको छ।
  • अध्यक्ष अमित अग्रहरीले काठमाडौं किंग्सको तयारी राम्रो रहेको र मैदानमा राम्रो प्रदर्शन गर्न शुभकामना दिएका छन्।
  • डिजिआर स्पोर्ट्सको आयोजनामा नोभेम्बर १ देखि १० सम्म मुलपानी क्रिकेट मैदानमा टेनिस बल नाइट क्रिकेट प्रतियोगिता हुनेछ।

१३ कात्तिक, काठमाडौं । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) २०२५ का लागि लागि काठमाडौँ किंग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

काठमाडौं किंग्सले बिहीबार दरबारमार्गस्थित क्याफोफिलिया क्याफेमा एक कार्यक्रम आयोजना गर्दै  जर्सी अनावरण र अफिसियल एन्थम पनि सार्वजनिक गरेको हो ।

काठमाडौँ किंग्सका अध्यक्ष अमित अग्रहरी र टिम म्यानेजर दिपक नेपालीले टिमको जर्सी गरे । अध्यक्ष अमित अग्रहरीले एनएसपीएलका लागि काठमाडौं किंग्सको तयारी राम्रो रहेको र मैदानमा राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।

यस्तै एन्थम तयार गरेका गायक तथा संगीतकार प्रिजोल नेपालीले काठमाडौँको संस्कृति र नेवारी समुदायसंग जोड्ने प्रयास स्वरुप एन्थम निर्माण गरिएको जानकारी दिए ।

ओम नेचर फुड्सको स्वामित्वमा रहेको काठमाडौं किंग्सको मार्की प्लेअरमा जितेन्द्र कार्की छन् भने प्रशिक्षकमा राम नरेश गिरी छन् ।

डिजिआर स्पोर्ट्सको आयोजनामा पहिलो पटक हुन लागेको टेनिस बल नाइट क्रिकेट नोभेम्बर १ देखि १० सम्म मुलपानी क्रिकेट मैदान (तल्लो) मा हुनेछ । दश ओभर (टी१०)को फर्म्याटमा खेलाइने यस प्रतियोगिता कूल ७ टोलीको सहभागिता रहनेछ ।





Read More