― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsकाठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई – KhabarHost

काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले पाएका छन्।
  • एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएपछि उक्त ठाउँ एआईजीविहीन थियो।
  • ईश्वर कार्की कोसी प्रदेश प्रहरी कार्यालयको इञ्चार्ज रहँदा एआईजीमा बढुवा भएका थिए।

९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन् ।

एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरी एआईजीविहीन थियो । उक्त ठाउँमा ईश्वर कार्कीलाई मन्त्रिपरिषद्ले पदस्थापन गरेको हो ।

कार्की कोसी प्रदेश प्रहरी कार्यालयको इञ्चार्ज रहेकै बेला एआईजीमा बढुवा भएका थिए । सम्भवत् बुधबार दर्ज्यानी चिह्न लगाएर कमाण्ड सम्हाल्ने कार्कीको तयारी छ ।

यो कार्यालयले उपत्यकका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरको कमाण्ड गर्छ । तीनवटै जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अब कार्कीले नेतृत्व गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मातहतकै कार्यालय हुन् ।





Read More