― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsकाठमाडौंका यी पाँच क्षेत्रमा थप दुई महिना विरोधका कार्यक्रम गर्न रोक

काठमाडौंका यी पाँच क्षेत्रमा थप दुई महिना विरोधका कार्यक्रम गर्न रोक



३१ असोज, काठमाडौं । काठमाडौंका मुख्य पाँच ठाउँमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका विरोधका कार्यक्रम गर्नका लागि थप दुई महिना निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि (शनिबार) बाट लागू हुनेगरी विभिन्न पाँच क्षेत्रमा विरोधका कार्यक्रम गर्न बन्देज गरेको हो ।

शीतलनिवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, नारायणहिटी दरबार संग्रहालय लगायतका क्षेत्रमा थप दुई महिनाका लागि प्रशासनले विरोधका कार्यक्रम गर्न रोक लगाएको हो ।

यसअघि पनि यी ठाउँमा विरोध गर्न प्रशासनले रोक लगाएको थियो ।

मुख्य प्रशासनिक केन्द्र, अति विशिष्ट व्यक्तिहरूको निवास तथा त्यस वरपरका क्षेत्रमा हुन सक्ने धर्ना, घेराउ, जुलुस जस्ता गतिविधिले शान्ति सुरक्षामा गम्भीर असर पर्ने, सार्वजनिक सेवा प्रवाह र यातायात अवरुद्ध हुने तथा अन्तर्राष्ट्रिय चासो र मामिलामा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिएकाले यस्तो निर्णय लिइएको विज्ञप्तिमा जनाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More