३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि आठ एजेन्डा तय गरिएको छ । २८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ ।
बैठकमा १५औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ ।
मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुई थरी मत पार्टीमा छ । बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम रहेको छ ।
जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा प्रतिनिधि सभा विघटन र घोषित निर्वाचनका बारेमा छलफल हुनेछ ।
जेनजी आन्दोलनको दोस्रो दिनमा तोडफोड र आगजनी भएका केन्द्रीय कार्यालय सहित सबै कार्यालायको पुनर्निर्माणको छलफल बैठकमा हुनेछ ।
बैठकका थप एजेन्डामा मुलुकको शान्ति सुरक्षा, प्राकृतिक विपद्, कार्यसम्पादन समितिको निर्णयहरू अनुमोदन, विविध लगायत छन् ।
शेरबहादुर देउवाले २८ असोजदेखि कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई तोकेको हुँदा उनको अध्यक्षतामा पहिलोपटक केन्द्रीय समितिको बैठक सुरु भएको हो ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

