― Advertisement ―

यो स्तरवृद्धि गर्ने समय हो — मैले Best Buy मा 22 वटा सम्झौताहरू फेला पारेको छु जसले तपाईंलाई TV, ल्यापटप र थपमा $1,000 सम्म...

हामी सबैले अब प्रयोग नगर्ने केही पुराना प्रविधिहरू छन्, वा कम्तिमा एउटा पुरानो यन्त्र छ जुन हामीलाई थाहा छ कि हामीले चाँडै अपग्रेड गर्नुपर्छ।...
HomeLatest newsकांग्रेसलाई राष्ट्रपतिको सुझाव- निर्वाचनको विकल्प नसोच्नुस्

कांग्रेसलाई राष्ट्रपतिको सुझाव- निर्वाचनको विकल्प नसोच्नुस्


राष्ट्रिय

समाचार.

  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाहेक वैकल्पिक बाटो कल्पना नगर्न सुझाव दिएका छन्।
  • राष्ट्रपति पौडेलले कांग्रेस नेताहरूलाई मिलेर जान र नेतृत्वलाई विधानसम्मत रूपमा व्यवस्थित गर्न सल्लाह दिए।
  • नेताहरूले निर्वाचनको वातावरण बनाउन सरकारले दलहरूसँग संवाद बढाउनुपर्ने कुरा राष्ट्रपति समक्ष राखेका थिए।

८ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रतिनिधिसभा निर्वाचनको वैकल्पिक बाटो कल्पना नगर्न सुझाव दिएका छन् ।

सोमबार भेटघाटका लागि शीतलनिवास पुगेका कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका केही नेताहरूसँग उनले २१ फागुनका लागि तय भएको निर्वाचनबाहेक अन्य वैकल्पिक बाटोको कल्पना नगर्न सुझाव दिएका हुन् ।

‘चुनाव हुन्छ । तपाईंहरू चुनावमा जानुस् । चुनावभन्दा अर्को वैकल्पिक बाटो कल्पना पनि नगर्नुस्,’ भेटमा सहभागी कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भने ।

राष्ट्रपति पौडेल निर्वाचनबाटै मुलुकलाई निकासतर्फ लैजानु पर्ने पक्षमा रहेका उनको भनाइ छ । ‘चुनाव हुन्छ, चुनावबाटै निकास निकाल्नुपर्छ भन्ने मान्यता छ उहाँको,’ प्रदेश सभापति पुनले भने ।

राष्ट्रपति पौडेलले कांग्रेसका नेताहरूलाई मिलेर जान र नेतृत्वलाई व्यवस्थित गर्न पनि सल्लाह दिएका छन् । राष्ट्रपतिसँगको संवाद मुख्यतया राजनीतिक निकास र समयमै निर्वाचन गराउने विषयमा केन्द्रित रहेको सभापति पुनको भनाइ छ ।

‘तपाईंहरू मिलेर जानुस् र कांग्रेसलाई पनि सुधारेर लैजानुस्,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै पुनले भने, ‘नेतृत्वसँगको सल्लाहमा निकास निकालेर विधानसम्मत नेतृत्व चयन गर्नुस् ।’

नेताहरूले निर्वाचनको वातावरण निर्माणका लागि सरकारले दलहरूसँग संवाद बढाउनुपर्ने विषय पनि राष्ट्रपति समक्ष राखेका थिए ।

‘निर्वाचनको वातावरण बनाउन सरकारले अलि फरक ढंगले काम पनि गर्नु पर्छ,’पुनले राष्ट्रपतिसँगको कुराबारे भने, ‘तपाईं अभिभावक भएकाले त्यही रुपमा सरकारलाई भन्नु प¥यो भन्ने कुरा राख्यौं ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More