― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsकांग्रेसमा सहमति खोज्न अगाडि सारियो तीन विकल्प – KhabarHost

कांग्रेसमा सहमति खोज्न अगाडि सारियो तीन विकल्प – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसभित्र देखिएको विवाद मिलाउन मध्यमार्गी प्रस्ताव अघि सारिएको छ।
  • विशेष महाधिवेशनलाई पार्टीले स्वामित्व लिने र सभापति देउवाले उम्मेदवारका लागि हस्ताक्षर गर्ने अधिकार कार्यवाहक सभापति खड्कालाई दिने प्रस्ताव छ।
  • पार्टीभित्र उत्पन्न संकटबाट निकास निकाल्न दुबै पक्षबाट वार्ता समिति गठन गर्ने कुरा भइरहेको छ।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद मिलाउनका लागि मध्यमार्गी प्रस्ताव अघि सारिएको छ । डा. शेखर कोइरालानिकट रहेको जिल्ला सभापतिहरूले उक्त प्रस्तावमाथि छलफल गरी नेताहरूलाई जानकारी गराएका छन् ।

हिजोदेखि सुरु भएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने संशयले मध्यमार्गी प्रस्ताव बाहिर ल्याइएको छ । धादिङ जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार तीन प्रस्ताव अघि सारिएको छ ।

उनका अनुसार विशेष महाधिवेशनलाई पार्टीले स्वामित्व लिने, सभापति शेरबहादुर देउवाले उम्मेदवारका लागि हस्ताक्षर गर्ने अधिकार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रदान गर्ने, नियमित महाधिवेशनको सुनिश्चितता गर्ने र विशेष महाधिवेशनमा प्रस्तुत भएका दस्तावेजलाई पार्टीको पुँजीको रुपमा स्वीकार गर्नेलगायत छन् ।

उक्त प्रस्तावलाई सभापति शेरबहादुर देउवासमक्ष पुर्‍याइसकिएको अधिकारीले जानकारी गराए । शेखर निकटका जिल्ला सभापतिहरूले मंगलबार सभापति देउवालाई भेट्ने तय भएको छ । पार्टीभित्र उत्पन्न संकटबाट निकास निकाल्न दुवै पक्षबाट वार्ता समिति गठन गर्ने बारेमा पनि कुरा भइरहेको अधिकारीले जानकारी गराए । मध्यमार्गी प्रस्तावका लागि धार्दिङका जिल्ला सभापति अधिकारीसहित चितवनका राजेश्वर खनाल, नुवाकोटका रमेश महत लगायत सक्रिय भएका थिए ।

संस्थापनइतरका नेता डा. शेखर कोइरालाले आफूनिकटका नेता र कानुन व्यवसायीसँग सोमबार बिहान छलफल गरेका थिए । कोइरालाले सोमबार नै महामन्त्री विश्वप्रकाश शर्मासँग पनि छलफल गरेका थिए ।

विशेष महाधिवेशनको दोस्रो दिन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पेश भएको छ । बन्दसत्रमा उक्त प्रतिवेदनमाथि मंगलबार पनि प्रतिनिधिहरूले दृष्टिकोण राख्ने भएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More