― Advertisement ―

AdGuard VPN सँग iPhone को लागि नयाँ एप छ – र तपाइँ यसलाई 7 दिनको लागि निःशुल्क प्रयास गर्न सक्नुहुन्छ

AdGu को iOS संस्करण अद्यावधिक गरिएको छ। एपअद्यावधिकले आईफोन प्रयोगकर्ताहरूका लागि ७-दिनको निःशुल्क परीक्षण पनि प्रस्तुत गर्दछपरीक्षणले प्रिमियम सुविधाहरूमा असीमित ट्राफिक प्रदान गर्दछAdGuard ले...
HomeLatest newsकांग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि बोलायो भेला

कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि बोलायो भेला



१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौंमा भेला आयोजना गर्दैछ ।

विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि बिहीबार भेला आह्वान गरेका हुन् ।

भेला आयोजकमध्येका एक नेताका अनुसार बुधबार बिहान साढे ११ बजे अनुपम फुडल्यान्डमा भेला आह्वान गरिएको छ ।

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेको छ ।

कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिए पनि महामन्त्री गगन थापा पक्षले विशेष महाधिवेशनको माग गर्दै आएको छ । विशेष महाधिवेशन माग गर्दै संकलन गरिएका हस्ताक्षर २९ असोजमा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।

महामन्त्री थापाले २१ फागुनको चुनाव अघि १६-१९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने तालिका प्रस्ताव गरेका छन् ।

त्यसको काउन्टरमा संस्थापन पक्षका नेताहरूको धोबिघाट भेलाले नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार मंगलबारको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले आगामी २७-३० वैशाखसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।

पार्टी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भए पनि कांग्रेसले केही निर्णय गरेको छैन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More