― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsकांग्रेसको सदस्यता छानबिन समितिको संयोजक तोकिए यादव

कांग्रेसको सदस्यता छानबिन समितिको संयोजक तोकिए यादव


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ।
  • कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधानको धारा २५(९) बमोजिम यादवलाई संयोजक मनोनयन गरेका हुन्।
  • समितिले क्रियाशील सदस्यताको सूची र उजुरी छानबिन गरी अन्तिम सूची तयार गर्नेछ।

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई आज मनोनयन गरेका हुन् ।

समितिको सदस्यमा शिवप्रसाद हुमागाइँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कावा सभापति खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार उक्त समिति गठन गरेको मुख्यसचिव पौडेलले बताए ।

उक्त समितिले ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ बाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यतासम्बन्धी आएका उजुरी उपर छानबिन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को अन्तिम सूची तयार गर्नेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More