― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsकांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला आज  – KhabarHost

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला आज  – KhabarHost



१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आज (मंगलबार) विशेष भेला बस्दैछ । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि उक्त समूहले विशेष भेला डाकेको हो ।

भेला मध्याह्न साढे १२ बजे थापागाउँको एक ब्यांक्वेटमा हुने नेता गुरूराज घिमिरेले जानकारी दिए । यसघि गत आइतबारका लागि भेला डाकिएको थियो ।

तर, पार्टीले गत शुक्रबार केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेपछि यो समूहले आफ्नो भेला पनि पछि धकेलेको थियो ।

विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More