― Advertisement ―

भोडाफोन थ्रीले तपाईंको स्मार्टफोनमा स्याटेलाइट जडान ल्याउन अफकमको स्वीकृति प्राप्त गरेको छ

Vodafoneite लाई भर्खरैको मिशन प्रयोग गर्न दिइएको छ टेक टु कभर नट-स्पटहरूO2 ले पहिले नै अनुमति दिइसकेको छ, EE लाई Starlink सँग काम गर्नह्यान्डसेट...
HomeLatest newsकल्याण गुरुङ – KhabarHost

कल्याण गुरुङ – KhabarHost



१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति घोषणासँगै सभापतिमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

कांग्रेस महामन्त्री गगन थापाले आसन्न महाधिवेशनमा सभापतिमा उठ्ने बुधबार टेलिभिजन कार्यक्रम मार्फत घोषणा गरेका छन् । हिमालय टिभीको अन्तर्वार्ता कार्यक्रम ‘यक्ष प्रश्न’ मार्फत महामन्त्री थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

संस्थापनइतरका नेता डा.शेखर कोइरालाले यसअघि नै १५ औं महाधिवेशनमा उम्मेदवार हुने घोषणा गरिसकेका छन् ।

सात पूर्व पदाधिकारीको समूहले भने सभापति उम्मेदवारमा साझा व्यक्ति चयन गरेर उम्मेदवार बनाउने दाबी गरेपनि सहमति जुटाउन सकेका छैन । पूर्व पदाधिकारीहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा.शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत लगायतको पटक पटक बैठक बसेको छ । यी सात पूर्व पदाधिकारीमध्ये गच्छदार र महतले सभापतिमा उठ्ने दाबी गरिसकेका छैन । अन्य पाँचले भने सभापति उम्मदेवारको आकांक्षी छन् ।

निधि १३ औं महाधिवेशनमा सभापतिमा उठेर तेस्रो स्थानको मत ल्याएका थिए । १४ औं मा कुनैपनि पदमा उम्मेदवार नबनेर सभापति शेरबहादुर देउवासँग प्यानल बनाए । गत महाधिवेशनमा निधि र प्रकाशमान सभापतिको उम्मेदवार बने ।

प्रकाशमानले सभापतिमा तेस्रो स्थानको मत ल्याउँदा निधिले चौथो स्थानको मत पाए । सभापतिमा दोस्रो चरणको निर्वाचन हुँदा प्रकाशमान र निधिले सभापति देउवालाई साथ दिए । देउवाले आफूलाई साथ दिएका प्रकाशमान र निधिलाई पछि मनोनित केन्द्रीय सदस्य बनाए ।

कल्याण गुरुङ पनि सभापतिका उम्मेदवार

गत निर्वाचनमा सभापतिमा पाँचौ स्थानको मत पाएका सभापतिका उम्मेदवार थिए– कल्याण गुरुङ । गुरुङले सभापतिमा २२ मत पाएका थिए । दोस्रो चरणको मतदानमा कल्याण पनि सभापतिमा देउवालाई सघाए । त्यसपटक पाँचौं स्थानको मत पाएका कल्याणले यसपटक पनि सभापतिमा उम्मदेवारी दिने बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै गुरुङले भने, ‘प्यानल बनाएर सभापति पदमा उठ्छु । केही दिनमा प्यानल सहित सार्वजनिक घोषणा गर्दछु ।’

अघिल्लो महाधिवेशनमा प्यानल नबनाउनु आफ्नो गल्ति भएको गुरुङले बताए । सभापति पदको उम्मेदवार बन्न अन्य आकांक्षीलाई साथ आफूले दिन नसक्ने उनले बताए । गुरुङ भन्छन्, ‘मलाई उहाँहरुले साथ दिनुहुन्छ भने सहकार्य हुनसक्छ । अरुलाई समर्थन गर्न म सक्दिनँ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More