― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsकर्णाली याक्सको जर्सी ४ हजार उचाइको नदाइ डाबमा सार्वजनिक

कर्णाली याक्सको जर्सी ४ हजार उचाइको नदाइ डाबमा सार्वजनिक



२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले आफ्नो जर्सी हिम क्षेत्रमा सार्वजनिक गरेको छ ।

जाजरकोट र जुम्लाको सीमा क्षेत्रको कुशेपाटनमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल नदाइ डाबमा जर्सी सार्वजनिक गरिएको हो । यसले नदाइ डाबको प्रचार हुनुका साथै कर्णाली याक्सप्रति स्थानीयको अपनत्व हुने विश्वास गरिएको छ ।

जर्सी सार्वजनिक गरिएको नदाइ डाबको उचाइ ४ हजार मिटरभन्दा माथि छ । यो क्षेत्रमा अहिले अत्यधिक हिमपात भएको छ । हिउँ जमेकै क्षेत्रमा जर्सी सार्वजनिक गरिएको हो ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा विदेशी खेलाडीहरु अष्ट्रेलियाका अलराउण्डर विलियम बसिस्टो, नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ’डाउड, स्कटल्याण्डका अलराउण्डर मार्क वाट अनुबन्ध भएका छन् ।

कप्तान सोमपालसहित नेपाली खेलाडीहरु गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री रहेका छन् ।

 





Read More