― Advertisement ―

बेस्ट बाईले फादर्स डेको लागि Fitbit यन्त्रहरू घटाउँदै छ — $79.95 मा सुरु हुने मेरो 5 मनपर्ने सम्झौताहरू किन्नुहोस्

बुबाको दिन ठीक एक हप्ता टाढा छ, र यदि तपाईं अझै पनि बुबाको लागि उत्तम उपहार खोज्दै हुनुहुन्छ भने, एक Fitbit ट्र्याकर एक उत्कृष्ट...
HomeLatest newsकर्णाली यशविसले रक्षा गर्‍यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

कर्णाली यशविसले रक्षा गर्‍यो एभरेस्ट महिला भलिबल लिगको उपाधि


राष्ट्रिय

समाचार.

  • कर्णाली यशविसले ललितपुर क्वीन्सलाई ३-२ को सेटमा पराजित गर्दै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि रक्षा गरेको छ।
  • कर्णालीले पहिलो र दोस्रो सेट जितेर २-० को अग्रता बनाएको थियो भने ललितपुरले तेस्रो र चौथो सेट जितेर खेल पाँचौं सेटसम्म पुर्‍याएको थियो।
  • पाँचौं सेटमा कर्णालीले १५-८ ले जित्दै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

२९ कात्तिक, काठमाडौं । साविक विजेता कर्णाली यशविसले रोमाञ्चक फाइनलमा ललितपुर क्वीन्सलाई पराजित गर्दै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि रक्षा गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा कर्णालीले ललितपुरलाई ३-२ को सेटमा हराउँदै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पहिलो सेटमा कर्णाली यशविसले अन्तिममा पुनरागमन गर्दै टाइब्रेकमा २६-२४ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो ।

दोसो सेट भने २५-१७ ले सहजै आफ्नो पक्षमा पार्दै कर्णालीले २-० को अग्रता बनाएको थियो । तर तेस्रो सेटमा ललितपुर खेलमा फर्कियो । तेस्रो सेट ललितपुरले २५-१३ ले सहजै आफ्नो पक्षमा बनाएको थियो ।

ललितपुरले चाैथो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै खेल पाँचाै सेटसम्म पुर्‍याएको थियो । तर पाँचाै तथा निर्णायक सेटमा कर्णाली खेलमा फर्कियो र १५-८ ले सेटमा आफ्नो पक्षमा पार्दै उपाधि जित्यो ।

ललितपुर क्वीन्स भने लगातार दोस्रोपटक उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ । पहिलो संस्करणमा पनि ललितपुर फाइनलमा कर्णालीसँग पराजित भएको थियो ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा भएको लिगमा ६ टोलीको सहभागिता थियो ।





Read More