― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest newsकमल थापाको नाम काठमाडौं ५ र बाँके २ बाट सिफारिस – KhabarHost

कमल थापाको नाम काठमाडौं ५ र बाँके २ बाट सिफारिस – KhabarHost



८ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका  पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ र बाँके २ बाट सिफारिस गरिएको छ ।

राप्रपा नेपाल काठमाडौँ ५ को आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले थापाको नाम एकल सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए ।

बैठकले समानुपातिकमा जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस गरेको छ ।

यसैगरी बाँके निर्वाचन क्षेत्र नं २ बाट पनि थापाको नाम सर्वसम्मत सिफारिस भएको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

पार्टीका क्षेत्रीय कार्यसमितिले देशभरिबाट  उम्मेदवारको नाम सिफारिस गरेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ । रासस

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More