― Advertisement ―

ब्ल्याकबेरीको बिर्सिएको प्याटेन्टहरू फेरि गर्जन्छन् किनकि भाइले सम्पूर्ण विश्वव्यापी प्रिन्टर उद्योगलाई हल्लाउन सक्ने मुद्दाको सामना गर्नुपरेको छ।

आधुनिक कानूनमा ब्ल्याकप्याटस्युरिङ टारगेटिङ प्रविधिहरूभाइले लिगेसी मोबाइल आविष्कारहरूमा जानाजानी उल्लङ्घनको दावीहरू सामना गर्छन्प्याटेन्ट फर्महरूले क्षतिपूर्ति र उत्पादनको पुन: डिजाइनलाई व्यापक बनाउन दबाब दिन्छन्दुई प्याटेन्ट...
Homeराष्ट्रिय समाचारकमजोर बन्यो ‘मोन्था चक्रवात’को प्रभाव, आजदेखि मौसम खुल्दै जाने

कमजोर बन्यो ‘मोन्था चक्रवात’को प्रभाव, आजदेखि मौसम खुल्दै जाने



१६ कात्तिक, काठमाडौं । बङ्गालको खाडीबाट उठेको ‘मोन्था’ चक्रवातका कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको छ ।

चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि मौसममा थप सुधार हुने मौसमविद्हरुको पूर्वानुमान छ । तर,  केही स्थानमा भने आज पनि वर्षाको सम्भावना कायमै छ ।

पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।





Read More