काठमाडौं, वैशाख २
जिल्ला अदालत काठमाडौंले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले बिहीबार अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको अदालतका अभिलेखरक्षक तीर्थराज भट्टराईले बताए। गत वर्षको सेप्टेम्बरमा भएको जनआन्दोलनका क्रममा लेखक गृहमन्त्री थिए भने ओली प्रधानमन्त्रीका रूपमा कार्यरत थिए।
आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गर्न गठित उच्चस्तरीय आयोगले उनीहरूलाई फौजदारी अभियोगमा कानुनी कारबाही अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो।
सिफारिसपछि ओली र लेखकलाई चैत २८ गते पक्राउ गरिएको थियो।

