― Advertisement ―

Insomniac ले मार्वलको Wolverine ‘डिस्कमा पूर्ण रूपमा खेल्न योग्य’ बक्स बाहिरको पुष्टि गर्दछ – सोनीले राम्रोका लागि भौतिक खेल उत्पादन समाप्त गर्नुभन्दा केही महिना...

आफ्नै तरिकाले खेल्न सकिने छ डिस्कInsomniac Games ले खेलाडीहरूलाई पहिलो दिनको प्याच डाउनलोड गर्न प्रोत्साहित गर्छ भन्छ जब यो आइपुग्छसोनीले डिस्क बनाउन छोड्ने आफ्नो...
HomeLatest newsओलीलाई भेट्न गुन्डु पुगे झलनाथ खनाल, फेरि भेट्नेगरी सकियो वार्ता

ओलीलाई भेट्न गुन्डु पुगे झलनाथ खनाल, फेरि भेट्नेगरी सकियो वार्ता


राष्ट्रिय

समाचार.

  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
  • खनालले एमाले फर्कन चार शर्त राखेका छन्।
  • ओलीले छलफल गर्न सकिने बताएपछि फेरि भेट्ने गरी फर्किएका छन्।
  • रामकुमारी झाँक्री लगायत नेताहरू भने निशर्त एमाले फर्कने तयार भइसकेका छन्।

१८ कात्तिक, काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओलीसँग सम्वाद गर्न खनाल गुन्डु नै पुगेका थिए । वार्तामा खनाल सहित एकीकृत समाजवादीका नेताहरू एमाले फर्कनेबारे नै कुरा भएको स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्र सहितका घटकहरुसँग पार्टी एकता गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्णय लिएपछि खनाल सहितका नेताहरू असन्तुष्ट थिए । एकता प्रक्रिया नै अस्वीकार गरेका पूर्वप्रधानमन्त्री खनाललाई आज ओलीको सचिवालयले छलफलका निम्ति गुन्डु बोलाएको थियो ।

‘केपी ओलीको टीमकै सदस्यहरू लिन आउनु भएको थियो । वार्ता गर्न भनेर लिनै आएपछि गुन्डु जानुभएको हो,’ खनाल निकट स्रोतले भन्यो, ‘कुराकानी सकारात्मक छ भन्ने बुझिएको छ ।’

खनालले एमाले फर्कन चार शर्त राखेका छन् । उक्त सर्तमा ओलीले छलफल गर्न सकिने बताएपछि फेरि भेट्नेगरी खनाल डल्लु फर्किएका छन् ।

माओवादीसँग एकता गर्न तयार नभएको र घनश्याम भूसालको नेतृत्वमा हुन लागेको पुनर्गठन प्रक्रियामा समेत सामेल नभएकी रामकुमारी झाँक्री लगायत नेताहरू भने निशर्त एमाले फर्कने तयार भइसकेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More