― Advertisement ―

रोबोटहरू युद्धहरू लडिरहेका छन् र दंगा हटाउन मद्दत गरिरहेका छन् – चीनले दंगा पुलिसलाई एआई नियन्त्रित ड्रोनहरूको टोलीसँग सशस्त्र बनाउँदैछ र युक्रेनले 25,000 रोबोटहरूसँग...

चीन नयाँ परीक्षण गर्दै छन् क्षमताहरूरूससँगको युद्धको अग्रपङ्क्तिमा रोबोटहरू तैनाथ भइरहेका छन्चीनमा हुने विरोध प्रदर्शनहरूलाई चाँडै रोबोट र ड्रोनहरूको टोली प्रयोग गरेर प्रहरी परिचालन...
HomeLatest newsओलीको प्रस्ताव- जेनजीसहितको सर्वपक्षीय सरकार – KhabarHost

ओलीको प्रस्ताव- जेनजीसहितको सर्वपक्षीय सरकार – KhabarHost



११ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन् ।

राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग सोमबार भएको भेटवार्ताका क्रममा वर्तमान संकट टार्नेगरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अध्यक्ष ओलीले गरेको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

सो भेटवार्ताका विषयबारे जानकारी गराउँदै रिजालले विभिन्न ६ वटा बुँदामा ओलीले अघि सारेका ‘मार्गचित्र’ भन्दै प्रस्तुत गरेका छन् ।

रिजालका अनुसार, ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापना हुनुपर्ने बताएका थिए ।

त्यस्तै, उनले प्रतिनिधिसभाबाट संविधान संशोधन गर्ने र संसद् सदस्य नभएको व्यक्ति चुनावी सरकारको प्रधानमन्त्री नियुक्त हुनसक्ने व्यवस्था गर्नुपर्ने पनि बताएका छन् ।

‘प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था,’ छलफलको अन्तर्य खुलाउँदै रिजालले भनेका छन्  ।

उनले जेनजी आन्दोलनबाट आफूलाई प्रधानमन्त्रीबाट हटाइएको भए पनि तिक्तता बढ्न नदिन पुन: प्रधानमन्त्रीको दाबी नगर्ने पनि छलफलमा स्पष्ट पारेको रिजालले बताएका छन् ।

त्यसरी बनेको सरकारले तीन महिनाभित्रै निर्वाचन गर्न सम्भव भएको र २१ फागुनकै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव भएको पनि ओलीले बताएका छन् ।

‘संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरूबीच अग्रिम सहमति निर्माण,’ ओलीले आफ्नो प्रस्तावमा भनेका छन् ।





Read More