― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो

ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो



२० कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि घृणा फैलाएर मान्छेलाई राक्षसमा परिणत गरेपछि २४ भदौमा आगजनीको विध्वंश भएको दाबी गरेका छन् ।

भक्तपुरको गुन्डुस्थित निवासमा आफ्नो पार्टीका नेता–कार्यकर्तासँगको भेटमा ओलीले देश अहिले असहज अवस्थामा पुग्नुमा समाजमा फैलाइएको घृणा सबैभन्दा महत्त्वपूर्ण कारण रहेको बताए।

‘सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा छ । त्यसलाई बिथोलेर अपशव्द बोलेर लेखेर घृणा फैलाउनेहरूले धेरै अघिदेखि नै समाजलाई भताभुंग पार्न खोजे । ध्वस्त पार्न खोजे,’ उनले भने, ‘२४ भदौको आगजनी घृणाको पराकाष्टा थियो । घृणा फैलाउँदै लगेर मान्छेलाई राक्षसमा परिणत गरेर आगो लगाइएको हो ।’

उनले सामान्य अवस्थाको मान्छेले त्यसरी आगो लगाउन नसक्ने भन्दै उनले थपे, ‘मान्छेले त आगो लगाउनै सक्दैन । मान्छेलाई राक्षसमा परिणत गरेपछि मात्र आगो लगाउन सकिन्छ । अहिले त्यही भएको हो ।’

पूर्वप्रधानमन्त्री ओलीले घृणा फैलाउने काममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पनि भूमिका रहेकोतर्फ इंगित गरे ।

बालेनको नाम नलिई उनले भने, ‘स्टाटस लेख्दा नेपालीले बोल्ने भाषा लेख्छ ? त्यो असभ्यता हाम्रो संस्कृतिभित्र पर्दैन । त्यो असामाजिकता हाम्रो संस्कृतिभित्र पर्दैन । हाम्रो परम्परा सभ्य, आदर हो । असहमति राख्दा पनि सम्मानजनक ढंगले राख्ने हाम्रो परम्परा हो,’ उनले भने, ‘अहिले त अपशब्द बोलेर सुरु गर्नेहरू छन् ।’

मेयर बालेनले केही दिनअघि मध्यरात आपत्तिजनक शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । आलोचनापछि उनले आधा घण्टामै स्टाटस हटाएका थिए ।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले अहिले देश असहज अवस्थामा पुगेको बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More