― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
HomeLatest newsए डिभिजन लिग आयोजनाबारे सरोकारवालासँग खेलकुद मन्त्रालयको छलफल

ए डिभिजन लिग आयोजनाबारे सरोकारवालासँग खेलकुद मन्त्रालयको छलफल


News Summary

Generated by OK AI. Editorially reviewed.

  • युवा तथा खेलकुद मन्त्रालयले एन्फा र क्लबहरूसँग नेपाली घरेलु फुटबलको शीर्ष लिग आयोजना गर्ने विषयमा छलफल गरेको छ।
  • एन्फाले आगामी पुस ९ गतेदेखि होम एन्ड अवे फर्म्याटमा लिग गर्ने प्रस्ताव राखेको छ तर क्लबहरूले समय अभाव र प्रायोजक नपाएको कारण तत्काल लिग खेल्न नसकिने बताएका छन्।
  • छलफलमा मन्त्रालयले एन्फा र क्लबहरूलाई आर्थिक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ र पाँच दिनभित्र कार्यदलले प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ।

१३ कात्तिक, काठमाडौं । नेपालको घरेलु फुटबलको शीर्ष लिग आयोजना गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेको छ ।

नेपाली घरेलु फुटबलको सहिद स्मारक ‘ए’ डिभिजन लिग दुई वर्षदेखि रोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले होम एन्ड अवे फर्म्याटमा आगामी पुस ९ गतेदेखि शिर्ष डिभिजन लिग गर्ने प्रस्ताव गर्दै आएको छ ।

तर १४ वटा क्लबहरूमध्ये धेरैले समय अभाव हुने र आवश्यक प्रायोजक पनि नपाएकाले तत्काल लिग खेल्न नसकिने धारणा राख्दै आएका छन् । यसैले एन्फाले प्रस्ताव गरेको समयमा लिग नहुने भन्दै फुटबल समर्थकले चिन्ता व्यक्त गरिरहेका छन् । बिहीवार खेलकुद मन्त्रालयले एन्फा र क्लबहरूसँग लिग आयोजना गर्ने विषयमा छलफल गरेको हो ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, एन्फाका महासचिव किरण राई र विभिन्न क्लवका प्रतिनिधिबीच छलफल भएको छ ।

एन्फाका महासचिव राईले छलफलमा तत्कालीन र दीर्घकालसम्म नेपाली फुटबल अगाडि बढाउने राज्यले गर्नुपर्ने सहयोग र सहजीकरणका लागि मन्त्रालयको भूमिकाबारे छलफल भएको उल्लेख गरे । नेपाली फुटबल विकासका लागि राज्य हरेक किसिमको सहयोग र समन्वयनकारी भूमिका खेल्न तयार रहेको मन्त्री गुप्ताको धारणा आएको एन्फाका महासचिव राईको भनाइ छ । दीर्घकालीन रूपमा नेपाली फुटबल विकासका लागि कार्यदल निर्माण गरिएको राईले जानकारी दिए ।

एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधार, मन्त्रालय र राखेपको पनि उक्त कार्यदलमा प्रतिनिधि रहेको एन्फाका महासचिव राईले उल्लेख गरेका छन् । उक्त समितिलाई पाँच दिनभित्र एउटा खाकासहित प्रतिवेदन मन्त्रालयमा पेश गर्ने जिम्मेवारी दिइएको छ । लिग आयोजना गर्न राज्यले एन्फा र क्लबहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको उनले उल्लेख गरेका छन् । साथै होम एन्ड अवेका अवधारणामा आयोजना गर्न लागिएको लिगका लागि क्लबहरूलाई राज्यको मातहतमा रहेका पूर्वधार उपयोग गर्ने विषयमा पनि छलफल भएको एन्फाका महासचिव राईले बताए ।

विदेशी खेलाडी भित्राउँदा उनीहरूको श्रम स्विकृतिलगायतमा मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता प्राप्त भएको छ । मन्त्रालयले एन्फाको काममा हस्तक्षेप गरेको भन्ने आरोपमा भने महासचिव राईले निराधार रहेको धारणा राखे । मन्त्री गुप्ताले आफू हस्तक्षेपभन्दा पनि प्रतियोगिता होस् भन्ने चाहनाअनुरूप छलफल अगाडि बढाएको धारणा राख्नुभएको एन्फाका महासचिव राईले उल्लेख गरेका छन् । क्लव र एन्फालाई परेको समस्यामा सहयोग गर्ने उद्देश्यलेअनुरूप मन्त्रालयले यो छलफल अगाडि बढाएको उनको धारणा छ ।

कम्तीमा ५० दिनभित्र लिग सञ्चालन गर्नेगरी छलफtल भएको र त्यसमा क्लवहरू पनि तयार रहेको छलफलमा कुरा आएको उनको भनाइ छ । आफूहरू लिग गर्न तयारी नै रहेको र तर सँगै क्लबलाई पनि अगाडि लिएर लिग गर्न एन्फाको चाहना रहेको महासचिव राईले बताएका छन् । उनले एन्फालाई मन्त्रालय र राखेपका सहयोग आवश्यक रहेको अवस्थामा अविभावकीय संस्थाले चासो दिनु सुखद् पक्ष रहेको धारणा राखेका छन् । एन्फाको असक्षमताभन्दा पनि मन्त्रालयले सहयोग गर्न खोजेको र आफूहरूले सहयोग लिन चाहेकाले यो छलफल भएको महासचिव राईको भनाइ छ ।

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाको क्षेत्राधिकारमा मन्त्रालयले हस्तेक्षप गरेको भन्दै विरोध जनाएका छन् । ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्षसमेत रहेका शेर्पा उक्त छलफलमा समेत सहभागी भएनन् । मच्छिन्द्र क्लवका अध्यक्ष अनिल श्रेष्ठले भने सबै क्लबहरू लिग खेल्न तयार रहेको र तर तयारी गर्न समय कम भएको मात्र आफूहरूले उल्लेख गरेको बताएका छन् । उनले रेलिगेसन बचाउनका लागि नै दुई करोड खर्च हुने भएकाले कम्तीमा आफूहरूलाई ८-९ महिना समय आवश्यक पर्ने बताएका छन् ।

फुटबल खेलेरै क्लबहरूले आम्दानी गरिरहेको उल्लेख गर्दै उनले आफूहरू जुनसुकै अवस्थामा लिग खेल्न तयारी रहेको मच्छिन्द्रका अध्यक्ष श्रेष्ठ बताउँछन् । क्लव होम एण्ड अवेका आधारमा खेल्न तयार रहेको तर त्यसका लागि दीर्घकालीन योजना र समय आवश्यक रहेको उनले बताएका छन् ।

गत वर्ष मात्र ‘बी’ डिभिजन लिगको साइकल पूरा भएको थियो । यहाँबाट श्री भगवती तथा प्लानिङ ब्वाइज क्लब शीर्ष डिभिजनमा बढुवा भए । एन्फाले अन्तिमपटक ०७९ मा ‘ए’ डिभिजन लिग गरेको थियो । त्यसमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड लिग च्याम्पियन भयो । तर, त्यसपछि एन्फाको आन्तरिक राजनीतिमा लिग आयोजना परेका कारण लिग सञ्चालन हुन सकेको छैन ।

-न्युज एजेन्सी नेपाल

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More