― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest newsएस्टन भिल्ला प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

एस्टन भिल्ला प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो


राष्ट्रिय

समाचार.

  • एस्टन भिल्लाले नोटिङहम फरेस्टलाई ३-१ ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ।
  • भिल्लाका जोन म्याकगिनले दुई गोल र ओली वाट्किन्सले एक गोल गरे भने नोटिङहमका मोर्गान गिब्स ह्वाइटले एक गोल गरे।
  • भिल्लाको २० खेलबाट ४२ अंक भएको छ भने एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ४१ अंक छ।

१९ पुस, काठमाडौं । एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार बेलुका भएको खेलमा नोटिङहम फरेस्टलाई ३-१ ले पराजित गर्दै भिल्ला दोस्रो स्थानमा उक्लिएको हो ।

भिल्लाको जितमा जोन म्याकगिनले दुई गोल गरे भने ओली वाट्किन्सले एक गोल गरे । नोटिङहमका लागि मोर्गान गिब्स ह्‍वाइटले एक गोल गरे ।

खेलको पहिलो हाफको इन्जुरी समयमा वाट्किन्सले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । ४९औं र ७३औं मिनेटमा म्याकगिनले गोल गरे । ६१औं मिनेटमा मोर्गानले गरेको गोल सान्त्वना बन्यो ।

जितपछि भिल्ला म्यान्चेस्टर सिटीलाई पछि पारेर दोस्रोमा उक्लिएको हो । भिल्लाको २० खेलबाट ४२ अंक भएको छ । एक खेल कम खेलेको सिटीको ४१ अंक छ । सिटीले यो गेमविकको अन्तिम खेलमा चेल्सीसँग खेल्ने छ ।

पराजित नोटिङहम १८ अंकसहित १७औं स्थानमा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More