― Advertisement ―

HomeLatest newsएसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ


राष्ट्रिय

समाचार.

  • नेपाल क्रिकेट संघ क्यानले यूएईमा डिसेम्बर १२ देखि सुरु हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय पुरुष क्रिकेट टिमलाई मंगलबार राति बिदाइ गरेको छ।
  • नेपालले समुह चरण अन्तर्गत पहिलो खेल डिसेम्बर १३ मा श्रीलंकासँग, दोस्रो खेल १५ मा बङ्गलादेशसँग र तेस्रो खेल १७ मा अफगानिस्तानसँग खेल्नेछ।
  • नेपालले एसीसी यू-१९ प्रिमियर कपको फाइनल पुग्दै यू-१९ एसिया कपमा स्थान बनाएको थियो र प्रतियोगितामा उपविजेतामा सीमित भयो।

२३ मंसिर, काठमाडौं । यूएईमा डिसेम्बर १२ देखि सुरु हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय पुरुष क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ क्यानले मंगलबार राति बिदाइ गरेको छ ।

क्यानको आयोजनामा भएको एक कार्यक्रमका बीच अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष रोश सिंह लगायतले टोलीलाई बिदाइ गरे ।

नेपालले समुह चरण अन्तर्गत पहिलो खेल डिसेम्बर १३ तारिखमा श्रीलंकासँग खेल्नेछ । दोस्रो खेल डिसेम्बर १५ मा बङ्गलादेशसँग, तथा डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्नेछ ।

एसीसी यू-१९ प्रिमियर कपको फाइनल पुग्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको थियो । प्रतियोगितामा भने नेपाल उपविजेतामा सीमित भयो ।





Read More