― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsएसियाली जुनियर सफ्ट टेनिस प्रतियोगिता खेल्न नेपाली टोली भारत जाँदै

एसियाली जुनियर सफ्ट टेनिस प्रतियोगिता खेल्न नेपाली टोली भारत जाँदै


राष्ट्रिय

समाचार.

  • दोस्रो एसियाली जुनियर सफ्ट टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारतको पञ्जाब प्रस्थान गर्ने भएको छ।
  • प्रतियोगिता फेब्रुअरी ३ देखि ८ सम्म हुनेछ र नेपालबाट ८ पुरुष र ४ महिला खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्।
  • नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले पुरुष र महिला खेलाडीहरूको नाम सार्वजनिक गरे।

१७ माघ, काठमाडौं । दोस्रो एसियाली जुनियर सफ्ट टेनिस प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली आइतबार भारतको पञ्जाब प्रस्थान गर्ने भएको छ ।

फेब्रुअरी ३ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा ८ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले जनाएका छन् ।

पुरुष खेलाडीमा विश्वास सिंह, रोशन केसी, मृगेन्द्र शर्मा, सुरज चौधरी, शिखर थापा मगर, कुमार गिरी, अनुज केसी र क्षितिज यादव रहेका छन् ।

महिलामा रितिका चौधरी, रोशिका पोखरेल, लक्ष्मी नेपाली र विमला पन्थी छन् ।





Read More