राष्ट्रिय
समाचार.
- २४औं एसियन आर्चरी च्याम्पियनसिप नोभेम्बर ८ देखि १५ सम्म हुनेछ र नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले सहभागिता जनाउनेछन्।
- विश्व आर्चरी कंग्रेस नोभेम्बर ६ देखि ८ सम्म ढाकामा हुनेछ र राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ र महासचिव रमेशप्रसाद सिवाकोटीले सहभागिता जनाउनेछन्।
- नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियन आर्चरी च्याम्पियनसिप र विश्व आर्चरी कंग्रेसमा सहभागी टोलीलाई बुधबार बिदाइ गरी खेल सामाग्री हस्तान्तरण गर्दै शुभकामना दिए।
१९ कात्तिक, काठमाडौं । २४औं एसियन आर्चरी च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।
एसियन आर्चरी च्याम्पियन्सीप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ । त्यसमा नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
यस्तै नोभेम्बर ६ देखि ८ मा ढाकामै हुने विश्व आर्चरी कंग्रेसमा राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले सहभागिता जनाउनेछन् ।
एसियन आर्चरी च्याम्पियनसिप र विश्व आर्चरी कंग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई बुधबार बिदाइ गरिएको छ ।
टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार बिदाइ गरे ।
श्रेष्ठले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गर्दै राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

