― Advertisement ―

‘एआई कम्पनीहरूले अमेरिकी दरदाताहरूलाई ट्याब उठाउन छोड्नु हुँदैन’: एन्थ्रोपिक भन्छ कि यसले यसको डाटा केन्द्रहरूको कारणले हुने बिजुली मूल्य वृद्धिलाई कभर गर्नेछ।

राष्ट्रपति ट्रम्पले ऊर्जालाई बिग्रिस वा बिल नगर्न आग्रह गरेका छन्। उपभोक्ताहरूएन्थ्रोपिकले अपग्रेड लागतहरू तिर्ने र सम्भव भएसम्म नेट-नयाँ ऊर्जा उत्पादन खरिद गर्ने बताएको छCEO...
HomeLatest newsएसईईको ग्रेडसिट बनाउन सानोठिमीमा किन लाग्यो भिड ? – KhabarHost

एसईईको ग्रेडसिट बनाउन सानोठिमीमा किन लाग्यो भिड ? – KhabarHost



२३ कात्तिक, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडसिट बनाउन तनहुँबाट आएका निशान थापा परीक्षा नियन्त्रण कार्यालयको लाइनमा थिए । तीन पटक परीक्षा दिएकाले एकीकृत प्रमाणपत्र बनाउन उनी आएका हुन् ।

‘प्रमाणपत्र एकीकृत गर्न आएको हुँ । जीपीए खुलाउनु पर्ने हुन्छ,’ उनले भने ।

उदयपुरबाट आएकी निशा भुजेल र चितवनबाट आएका लक्की गुरुङ पनि एकीकृत प्रमाणपत्र बनाउन लाइनमा थिए ।

धेरै भिड भएका कारण समयमा मार्कसिट नबनेको गुनासो विद्यार्थीहरूको छ । एकसाता यता एकीकृत प्रमाणपत्र बनाउन विद्यार्थीको भिड लागेको छ । जीपीए नखुलेमा ११ मा भर्ना नुहने भएकाले विद्यार्थीरू जीपीए खुलाउन एकीकृत प्रमाणपत्र बनाउन आएका हुन् ।

‘दुई वा दुईभन्दा बढी परीक्षा दिएमा मार्कसिटमा जीपीए खुलेको हुँदैन । त्यसका लागि एकीकृत मार्कसिट बनाउनु पर्ने हुन्छ । उत्तीर्ण भएको सबै मार्कसिट जोडेर एउटै बनाउन विद्यार्थीको भिड लागेको हो,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘लेटर ग्रेडिङ अनुसार जीपीए खुलेको मार्कसिट विद्यार्थीले पाउनु पर्छ ।’

११ कक्षामा भर्ना हुन न्यूनतम १.६ जीपीए ल्याएको हुनुपर्छ । विद्यार्थीको ग्रेडसिट एकीकृत गर्नका लागि केहीसमय लाग्ने भएकाले परीक्षा नियन्त्रण कार्यालयले ११ कक्षामा विद्यार्थीको दर्ता फारम भर्न सबै विषयमा उत्तीर्ण भएको प्रमाणपत्र विद्यार्थीले पेस गरेमा र एकीकृत मार्कसिट नभए पनि फारम भराउन भनेको छ । तर, पनि जीपीए कायम गर्न विद्यार्थी सानोठिमी आइरहेका छन् । कार्यालकया अनुसार ६० हजार विद्यार्थीको ग्रेडसिट बनाउनु पर्ने छ ।

परीक्षा नियन्त्रण कार्यालकया अनुसार ग्रेडसिट एकीकृत गर्न सानोठिमी आउनै पर्दैन । विद्यार्थीले एकीकृत मार्कसिट बनाउन विद्यालयमै निवेदन दिन सक्नेछन् ।

‘विद्यालयले जिल्ला शिक्षा समन्वय इकाइमा निवेदन पठाउने र इकाइले परीक्षा नियन्त्रण कार्यालयमा पठाउने हो । विद्यार्थी आफैं यहाँ आउनु पर्दैन,’ नियन्त्रक अधिकारीले भने, ‘यहाँबाट काम भएपछि एकीकृत मार्कसिट इकाइमा पठाउँछौं । इकाइले विद्यालयमै पठाउँछ ।’

तर, हाल विद्यार्थी ७७ जिल्लाबाट आफैं खर्च गरेर भक्तपुर सानोठिमी आइरहेका छन् ।

‘विद्यार्थी यहाँ आउनु पर्दैन । खर्च र सयमको हिसाबले कठिन हुने भएकाले विद्यालयमै निवेदन दिने सकिने व्यवस्था गरेका हौँ,’ उनले भने ।

विद्यालयले निवेदनसहित एकीकृत गर्ने शुल्क ५०० रूपयाँ लिएर राजस्व शीर्षकमा राष्ट्रिय वाणिज्य बैंकमा डिपोजिट गर्न सक्ने छन् । परीक्षा नियन्त्रण कार्यालयले २२ मंसिरसम्म विद्यालयमा निवेदन दिन सकिने र ३० मंसिरमा इकाइमा पेस गर्ने समय दिएको छ । ३० मंसिरमा इकाइले सानोठिमीस्थित कार्यालयमा पठाउन समय दिएको छ ।

तोकिएको समयभित्र विद्यालयमार्फत एकीकृत नगराउने विद्यार्थीले पछि जुनसुकै समयमा परीक्षा नियन्त्रण कार्यालयमा आई एकीकृत गराउन सकिने कार्यालयले जनाएको छ ।

अहिले पनि विद्यार्थी आफैं ग्रेडसिट एकीकरणका लागि परीक्षा नियन्त्रण कार्यालयमा आएर पनि निवेदन दिन पाउने व्यवस्था कायम राखिएको नियन्त्रक अधिकारीले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More