― Advertisement ―

के AMD को पूर्व फाउन्ड्रीले आर्म इजाजतपत्रलाई चुनौती दिन RISC-V लाइनअप भेला गर्न सक्छ?

कोडसिप-एससीप्यानविलको बारेमा प्रोसेसर क्षमताहरूस्टुडियो इजाजतपत्रले निर्माण सेवाहरूको साथसाथै अनुकूलित सिलिकनको लागि केसलाई बलियो बनाउँछबढ्दो RISC-V पोर्टफोलियोले आर्म र AMD सँग भविष्यको प्रतिस्पर्धाको सम्भावना बढाउँछCodasip,...
HomeLatest newsएलभिडी झापा महिला गोल्डकपको तयारी पूरा – KhabarHost

एलभिडी झापा महिला गोल्डकपको तयारी पूरा – KhabarHost


राष्ट्रिय

समाचार.

  • झापाको शिवसताक्षीमा पहिलोपटक आयोजना हुने एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता कात्तिक १७ देखि २४ गतेसम्म हुनेछ।
  • प्रतियोगितामा आठ टिम सहभागी हुनेछन् र विजेताले नगद १० लाख १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
  • प्रतियोगिताको उद्देश्य महिला खेलाडीमा प्रेरणा जगाउनु र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउनु हो।

१६ कात्तिक, काठमाडौं । एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी पूरा भएको हो ।

प्रतियोगिता यही कात्तिक १७ गतेदेखि २४ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ । यसअघि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता वर्षाका कारण दुई दिन पछि सरेको हो ।

प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको छ ।

१० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ ।

उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच कात्तिक १७ गते हुनेछ । त्यस्तै, दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्नेछ ।

झापा महिला गोल्डकपको तेस्रो खेल कात्तिक १९ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक २१ गते हुनेछ भने अन्तिम सेमिफाइनल खेल कात्तिक २२ गते हुनेछ । झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार गोल्डकप यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बन्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने सचिवालय प्रमुख खरेलले जानकारी दिए ।

आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More