― Advertisement ―

डुडाले छिटो वेबसाइट उत्पादन र इन्टरप्राइज-ग्रेड सुरक्षा बीचको खाडल पूरा गर्न आफ्नो एआई स्ट्याक विस्तार गर्दछ

Duda ले सुरु गर्‍यो नयाँ एआई उपकरणहरू निर्माण गर्न मद्दत गर्न, एजेन्सीहरू निर्माण गर्न जटिल उपकरणहरू समावेश गर्दछ। अनुकूलन विजेट जनरेटर, र संक्षिप्त-संचालित वेबसाइट...
HomeLatest newsएरिका ५० हजारसहित सम्मानित – KhabarHost

एरिका ५० हजारसहित सम्मानित – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङलाई मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले क्यानाडामा सम्मान गरेका छन्।
  • मलेसियामा भएको डब्लुकेएफ कराँते सिरिज ए विश्व च्याम्पियनसिपमा एरिकाले स्वर्ण पदक जितेकी छिन्।
  • एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने कराँते विश्व च्याम्पियनसिपमा खेल्नेछिन् र सानुमाया थिङ पनि सहभागी हुँदैछिन्।

१५ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले शनिबार एरिकालाई सम्मान गरेका हुन् ।

मलेसियामा भएको डब्लुकेएफ कराँते सिरिज ए विश्व च्याम्पियनसिप स्वर्ण पदक जितेकोमा हौसला स्वरुप निरजले एरिकालाई नगद ५० हजार हस्तान्तरण गरे ।

मनमैजुस्थित कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहक तथा राष्ट्रिय खेलाडी सन्तोष श्रेष्ठको पनि उपस्थिति थियो ।

एरिकाले चीनमा आयोजना भएको १९औं एसियन गेम्समा देशलाई ऐतिहासिक रजत पदक जिताएकी थिइन् । नेपाली कराँते इतिहासमा कुनै पनि खेलाडीले डब्लुकेएफ सिरिज वान जितेको पहिलो पटक हो ।

एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने कराँते विश्व च्याम्पियनसिपमा समेत खेल्दैछिन । उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदैछिन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More