― Advertisement ―

स्पेसएक्सका सीईओ एलोन मस्कद्वारा दिनको उद्धरण: “हामीले गरेका सबैभन्दा ठूलो गल्तीहरू मध्ये एक व्यक्तिको लागि अति सजिलो चीजहरू स्वचालित गर्ने प्रयास गर्नु थियो” –...

SpaceX CEO एलोन मस्क पछिल्लो दशकमा रोबोटिक्सको विकासमा एक केन्द्रीय व्यक्तित्व बनेका छन्, दुबै रोबोटिक्सका निर्माता र रोबोटिक्सको प्रयोगकर्ताको रूपमा, उहाँको नेतृत्वमा रहेको कम्पनीसँग।...
HomeLatest newsएयर प्यूरीफायरले कसरी प्रदूषित हावालाई सफा गर्छ ? – KhabarHost

एयर प्यूरीफायरले कसरी प्रदूषित हावालाई सफा गर्छ ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • एयर प्यूरीफायरले निरन्तर हावा तान्ने, सफा गर्ने र कोठामा फिर्ता छोड्ने काम गर्छ।
  • सिआरडिआरले हावा कति छिटो सफा गर्छ भन्ने देखाउँछ, ठूलो कोठाका लागि उच्च सिआरडिआर आवश्यक हुन्छ।

हामी जब घरभित्र पस्छौं, तब लाग्छ- बाहिर जति पनि धुलो वा धुवाँ होस्, घरको हावा त सफा नै हुन्छ । तर सत्य यो हो कि आजकल घरभित्रको हावा पनि बाहिरको जत्तिकै प्रदूषित हुन्छ । विशेष गरी ठूला शहरहरूमा, जहाँ वायु गुणस्तर सूचकांक लगातार खराब रहन्छ ।

यस्तो अवस्थामा धेरैजसो मानिसहरू वायु शुद्धिकरण गर्ने ‘एयर प्यूरीफायर’ किन्न चाहन्छन्, तर राम्रो गुणस्तरको एयर प्यूरीफायर कसरी चिन्ने भन्ने चिन्ता हुन्छ । राम्रो गुणस्तरको एयर प्यूरीफाएर किनिएन भने हावा प्रदूषित नै हुन्छ । त्यसैले एयर प्यूरीफायर किन्नुअघि यसको वास्तविक कार्यप्रणाली, आवश्यक फिचरहरू र सामान्य भ्रमहरूबारे पूर्णरूपमा जान्नु जरुरी छ ।

एयर प्यूरीफायर ले के गर्छ ?

धेरैले सोच्छन् एयर प्यूरीफायरले कोठालाई मात्र ताजा बनाउँछ । तर एयर प्युरिफायरले निरन्तर हावा तान्ने, सफा गर्ने र कोठामा फिर्ता छोड्ने प्रक्रियामा काम गर्छ । मेसिनभित्रको पंखाले कोठाको फोहोर हावा, धुलो, पिएम २.५, परागकण (पोलन), पाल्तु जनावरको रौं, धुवाँ आदि सबै तान्छ । त्यसपछि विभिन्न फिल्टरहरूले आफ्नो काम गर्छन् ।

एचइपिए फिल्टरले अत्यन्त सूक्ष्म कणहरू समात्छ । एक्टिभेटेड कार्बन फिल्टरले घरको गन्ध, खाना पकाउँदा आएको गन्ध र ग्यास सोस्छ । प्री–फिल्टरले ठूला कणहरू रोकेर एचइपिएको आयु बढाउँछ । केही मेसिनमा आयनाइजर वा हाइब्रिड सिस्टम पनि हुन्छ, जसले हावालाई झन् राम्रो बनाउँछ ।

एयर प्यूरीफायर किन्नुअघि ६ कुरामा विशेष ध्यान दिनु आवश्यक छ

१.सिआरडिआर जति धेरै, त्यति राम्रो

सिआरडिआर ‘स्वच्छ हावा वितरण दर’ ले मेसिनले हावा कति छिटो सफा गर्छ भन्ने देखाउँछ । ठूलो कोठाका लागि उच्च सिआरडिआर र सानो कोठाका लागि मध्यम सिआरडिआर चाहिन्छ । गलत सिआरडिआर छानेमा हावा कहिल्यै सफा जस्तो लाग्दैन ।

२.फिल्टरको आयु र बदल्ने खर्च बुझ्ने

धेरैले मेसिन किन्ने बेला मात्र ध्यान दिन्छन्, तर पछि फिल्टर बदल्न मूल्य धेरै लाग्छ । एयर प्यूरीफायर एकपटकको होइन, नियमित मर्मतसम्भार चाहिने वस्तु हो । त्यसैले फिल्टरको आयु र बदल्ने खर्च बुझेर मात्र किन्नुपर्छ ।

३.कति आवाज आउँछ ?

विशेष गरी जाडोमा जब कोठामा पंखा, एसी केही चल्दैन तब प्यूरीफायरको हल्का आवाज पनि रातभर सुनिन्छ । त्यसैले यदि एयर प्यूरीफाएरको आवाज धेरै छ भने निद्रा बिग्रिन्छ र फाइदा कम हुन्छ । त्यसैले आवाज कम भएको छनोट गर्नुपर्छ ।

४.बिजुली खपत कम हुनुपर्छ

एयर प्यूरीफायरलाई दिनमा धेरै घण्टा चलाउनुपर्छ । त्यसैले कम पावर खपत गर्ने मेसिन रोज्नु फाइदाजनक हुन्छ ।

५.स्मार्ट फिचरहरू हुन आवश्यक छ

यदि टेक–प्रेमी हो भने वाइफाइ, मोबाइल एप, रियल–टाइम एइक्युआइ मोनिटरिङ जस्ता फिचरहरू धेरै सुविधाजनक हुन्छन् । यिनले टाढैबाट पनि मेसिन नियन्त्रण गर्न सक्छन् ।

६.यी मिथकहरू अहिले नै दिमागबाट हटाउने

मिथक १ : एउटा प्यूरीफायर पूरै घरका लागि काफी हुन्छ

यो पूर्ण रूपमा गलत हो । एयर प्यूरीफायरले आफ्नो कभरेज क्षेत्र जतिको हावा मात्र सफा गर्छ । हरेक कोठाका लागि छुट्टाछुट्टै प्यूरीफायर राख्दा मात्र राम्रो नतिजा दिन्छ ।

मिथक २ : एचइपिए फिल्टरले गन्ध पनि हटाउँछ

एचइपिएले केवल कणहरू समात्छ । गन्ध र ग्यास सफा गर्ने क्षमता त केवल एक्टिभेटेड कार्बन फिल्टरमा मात्र हुन्छ।

मिथक ३ : प्यूरीफायर जाडोमा मात्र चाहिन्छ

हावा चिसोमा मात्र फोहोर हुँदैन गर्मीमा पनि हुन सक्छ । ठूला शहरहरूमा एक्युआई प्राय हरेक महिनामा खराब रहन्छ, त्यसैले एयर प्यूरीफायर वर्षभरी नै उपयोगी हुन्छ ।

यी कुराहरू ध्यानमा राखेर एयर प्युरिफाएर छनोट गर्दा साँच्चै सफा र स्वस्थ हावा पाइन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More