― Advertisement ―

Homeएमाले नेता दाहाल – KhabarHost

एमाले नेता दाहाल – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेकपा एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले वर्तमान सरकारलाई संविधानले नचिन्ने र असंवैधानिक रूपमा बनेको दावी गरेका छन्।
  • दाहालले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा बनेको सरकारलाई संविधानको कुन धाराले अनुमति दिन्छ भनेर प्रश्न गरे।
  • २३ र २४ भदौमा जेन–जीका नाममा विध्वंशले राज्य कमजोर भएको र नेपालको राजनीतिक इतिहासमा कलंक भएको उनको भनाइ छ।

५ कात्तिक, झापा। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारलाई संविधानले नचिन्ने दावी गरेका छन्। असंवैधानिक रूपमा सरकार निर्माण भएको उनको भनाइ छ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड तथा जनसाँस्कृतिक महासंघ नेपाल बिर्तामोडको आयोजनामा बुधबार आयोजित देउसी तथा शुभकामना आदानप्रदानमा  उनले यस्तो बताएका हुन्।

‘लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो?’ दाहालले प्रश्न गरे, ‘सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा सरकार बनाउन संविधानको कुन धाराले अनुमति दिन्छ? अनि, त्यसरी बनेको सरकारले संसद् विघटन गर्न पाउँछ कि पाउँदैन?’

वर्तमान सरकारका मन्त्रीहरूका अभिव्यक्ति निर्वाचन नगराउने तर्फ उद्यत रहेको भन्दै उनले सरकारका गतिविधिलाई नेकपा एमालेले नजिकबाट नियालेर हेरिरहेको जिकिर गरे।

२३ र २४ भदौमा जेन–जीका नाममा विध्वंश गराइएको भन्दै उनले यस घटनाले राज्यलाई कमजोर बनाएको बताए। उनले नेपालको राजनीतिक इतिहासमा कलंकको रूपमा सो घटना चित्रण भएको पनि जिकिर गरे।

उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्तासहित शुभेच्छुक शुभचिन्तकहरू शुभकामना आदानप्रदान गरेका थिए।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More