― Advertisement ―

लिनस टोरभाल्ड्स भन्छन् ‘विशाल’ लिनक्स कर्नेल अपडेटहरू अब यथास्थितिमा छन् – र यो सबै एआईलाई धन्यवाद हो।

Linus Torvalds को Linuxs-w7 को सामान्य भाग" rc2w7 को रिलीज भनिन्छ। उम्मेद्वारहरू Torvalds ले rc6 लाई कमिट गणनाको आधारमा वर्षहरूमा सबैभन्दा ठूलो बोलाएको एक...
HomeLatest newsएमाले दोलखाका पूर्वसचिव दुलाल नेपाली कम्युनिष्ट पार्टी प्रवेश

एमाले दोलखाका पूर्वसचिव दुलाल नेपाली कम्युनिष्ट पार्टी प्रवेश


राष्ट्रिय

समाचार.

  • नेकपा एमाले दोलखाका पूर्वसचिव भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
  • नेकपाका संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले दुलाललाई पार्टी प्रवेश गराएका छन्।
  • दुलालले एमालेभित्र सम्भव नदेखिएकाले कम्युनिष्ट आन्दोलन एकीकृत गर्न नेकपामा आएको बताए।
  • नेकपाले दुलाललाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

९ मंसिर, काठमाडौं । नेकपा एमाले दोलखाका पूर्वसचिव तथा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

दुलाललाई मंगलबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराए ।

पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिष्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताएका छन् ।

सबै कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएकोले आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको उनको भनाइ छ ।

पार्टी प्रवेशसँगै दुलाललाई नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

मनोनयनपत्रमा एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई केन्द्रीय समितिको जिम्मेवारी दिइएको उल्लेख छ ।





Read More