― Advertisement ―

HomeLatest newsएमाले–कांग्रेस गठबन्धन गरेर चुनाव लड्न सक्छ : महासेठ – KhabarHost

एमाले–कांग्रेस गठबन्धन गरेर चुनाव लड्न सक्छ : महासेठ – KhabarHost



२० पुस, जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले एमाले र कांग्रेस मिलेरै चुनाव लड्न सक्ने बताएका छन् ।

आज बिहान जनकपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले देशको परिस्थिति अनुसार कांग्रेससँग मिलेर चुनाव लड्न असम्भव नरहेको बताए ।

कांग्रेससँग गठबन्धन बनाएर चुनावमा जान लागेको हो ? सञ्चारकर्मीको जिज्ञासामा उनले जवाफ दिँदै भने, ‘देशमा पछिल्लो समय भइरहेको षड्यन्त्र विरुद्धमा गठबन्धनको कुरा राजनीतिमा असम्भव होइन । हुनसक्छ भोलि कांग्रेस–एमालेसँगै चुनाव लड्न सक्छ ।’

देश, संविधान, गणतन्त्र र संघीयताको रक्षाको लागि कांग्रेस एमाले गठबन्धन हुन सक्ने उनको भनाइ थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More