― Advertisement ―

म खुसी छु कि मसँग यो शक्तिशाली र मौन प्रशंसक यस हप्ताको अप्राकृतिक तातो मौसममा जानको लागि तयार छ

यो हप्ता बेलायतका केही भागहरूमा २६ डिग्री पुग्यो। 26 डिग्री? अप्रिलमा? पागलपन। र म फ्यान पुन: प्राप्त गर्न अलमारीको पछाडि डुबुल्की मार्नु भन्दा...
HomeLatest newsएमाले उपाध्यक्ष थापाको आरोप- सरकार चुनाव सार्ने बहाना गर्दैछ

एमाले उपाध्यक्ष थापाको आरोप- सरकार चुनाव सार्ने बहाना गर्दैछ



२१ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले वर्तमान सरकार चुनाव सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् ।

हिमाली क्षेत्रमा दोस्रो चरणमा पनि निर्वाचन हुनसक्ने अभिव्यक्ति प्रधानमन्त्री सुशीला कार्कीले दिएको प्रसंग झिक्दै उनले मौसमलाई देखाएर चुनाव सार्ने तयारीमा रहेको जिकिर गरे ।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकार अवैध, असंवैधानिक भएको समेत आरोप लगाए ।

‘अहिलेको सरकारले निर्वाचनलाई सार्ने बहाना खोज्दैछ । सायद हिजो कि अस्ति हो, कहाँ हो, अहिलेको प्रधानमन्त्री भनौं, सुशीला । उहाँले कता बोलेको छ, हिमपात बढी भयो, मौसम खराब भयो भने त्यहाँ चुनाव सर्न सक्छ भनेर,’ थापाले भने, ‘त्यो चुनाव दुई चरणमा हुनसक्ने, हिमाली क्षेत्रमा अहिले चुनाव हुन नसक्ने भनिएको छ । अहिलेको सरकार निर्वाचन सार्ने बाहना खोजिरहेको छ ।’

आफ्नो पार्टीले यसअघि नै चुनाव नहुने जिकिर गर्दै अहिले सरकारले बहाना खोजेको उनले बताएका हुन् ।

‘हाम्रो पार्टीले पहिलादेखि नै भनिरहेको थियो, अहिले उनीहरू बहाना खोजिरहेका छन् । मौसमलाई बाहना बनाएर सार्ने प्रयास हुँदैछ,’ थापाले भने ।





Read More