― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsएमाले उपमहासचिव भट्ट कैलाली-४ बाट चुनाव लड्दै, यस्तो छ उनको संसदीय यात्रा

एमाले उपमहासचिव भट्ट कैलाली-४ बाट चुनाव लड्दै, यस्तो छ उनको संसदीय यात्रा



४ माघ, डोटी । नेकपा एमालेले सुदूरपश्चिमका सबै १६ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो ।

एमाले सचिवालयको निर्णय अनुसार पार्टी उपमहासचिव लेखराज भट्ट कैलाली निर्वाचन क्षेत्र–४ बाट चुनाव लड्ने भएका छन् । १० वर्षे सशस्त्र विद्रोहमा भूमिगत राजनीतिमा संलग्न भट्टले ०६४ सालदेखि सोही क्षेत्र (साविक कैलाली–५) मा प्रतिस्पर्धा गर्दै आएका छन् ।

०६४ को निर्वाचनमा पहिलो पटक तत्कालीन नेकपा माओवादीबाट चुनावी प्रतिस्पर्धामा आएका भट्टले नेपाली कांग्रेसका उम्मेदवार दिर्घराज भाटलाई पराजित गर्दै आफ्नो संसदीय यात्रा तय गरेका थिए । भट्टले १७ हजार ९७९ मत पाउँदा प्रमुख प्रतिस्पर्धी भाटले १३ हजार ६३८ मै चित्त बुझाउनु परेको थियो ।

०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा परिणाम उल्टो भयो । तिनै दिर्घराजले भारी मत अन्तरले भट्टलाई पराजित गरे । दिर्घराजले १६ हजार ३४६ मत पाउँदा भट्टले ९ हजार ३३४ मतमै चित्त बुझाउनु परेको थियो ।

०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भट्टले दोश्रो पटक बाजी मारे । एमाले–माओवादी गठबन्धनका उम्मेदवार भट्टले ३१ हजार ३६९ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार भण्डारीले २० हजार ९६० मतमा चित्त बुझाउनु परेको थियो । २०७९ सालको निर्वाचनमा भट्टले फेरी हारको सामना गर्नु परेको थियो ।

२०७५ सालमा एमाले र साविक नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी २०७७ साल फागुन २३ गते सर्वोच्चको फैसलाले अलग भए पनि भट्ट एमालेमै थामिएका थिए । उनी एमालेबाट सोही क्षेत्रमा उम्मेदवार बनेका थिए ।

कांग्रेस-माओवादी–समाजवादीबीच गठबन्धन हुँदा कांग्रेस नेता बिरवहादुर बलायरले ३ हजार ६ सय १२ मत अन्तरले भट्टलाई पराजित गरेका थिए । बलायरले २६ हजार २७५ पाउँदा भट्टले २२ हजार ६६३ मै चित्त बुझाउनु परेको थियो ।

चारवटा निर्वाचनमा दुई जित र दुई हार व्यहोरेका भट्ट पाँचौं पटक मैदानमा छन् ।

कैलाली–४ मा नेपाली कम्युनिष्ट पार्टीले हरि चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट खेमराज कोइराला, दिल्लीराज जोशी, मिनबहादुर बोहरा, शिवराज पन्त, हेमराज भट्ट र सत्यराज रावल गरी ६ जनाले दावी पेश गरेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेवार छानिएका छैनन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More