Obit
काठमाडौं, १३ चैत
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओलीलाई बुवा शोक परेको छ ।
ओलीका पिता मोहनप्रसाद ओलीको आज बिहान भक्तपुरको नेपाल कोरिया फ्रेन्डसिप म्युनिसिपल अस्पतालमा निधन भएको छ । उनी ९७ वर्षका थिए।
अस्पतालका निर्देशक डीके रोशनका अनुसार मोहनप्रसाद ओलीलाई विहान ४ बजे अस्पतालमा ल्याइएको थियो र उनको विगत ६ महिनादेखि उपचार भइरहेको थियो।
ओली, उनकी धर्मपत्नी राधिका शाक्यसँगै उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन अस्पताल पुगेका थिए। श्रद्धाञ्जली अर्पण गर्नका लागि केन्द्रीय सचिव महेश बस्नेत, केन्द्रीय नेता भानुभक्त ढकाललगायतका पार्टीका नेता तथा स्थानीय नेतासमेत अस्पताल परिसरमा भेला भएका थिए ।
आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ ।

