― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsएमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीमा रामकुमारी झाँक्री

एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीमा रामकुमारी झाँक्री



२३ पुस, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले नेतृ रामकुमार झाँक्रीसहितको नाम टुंगो लगाएको छ । झाँक्री लुम्बिनीबाट उम्मेदवार बन्ने छिन् ।

यस्तै, कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आगामी फागुन ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आजै मनोनयन दर्ता हुने भए पनि दलहरुबीच भागबन्डाको सहमति भइसकेको छैन ।

कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि सफल भएको छैन । जसअनुसार एमाले-कांग्रेसलाई ७-७, नेकपालाई ३ र जसपा नेपाललाई एक सिट दिने गरी सहमति प्रयास भएको छ । यसै अनुसार एमालेले उम्मेदवार छनोट गरेको हो । मधेशमा भने एमालेले नाम टुंगो लगाएको छैन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More