― Advertisement ―

वैज्ञानिकहरूले एउटा ‘चुम्बकीय इलास्टिक’ तम्बू विकास गर्दैछन् जसले पवन टर्बाइन जस्तै आफ्नै बिजुली बनाउँछ – तर अर्को वर्ष ग्लास्टनबरीमा लैजान सक्षम हुने आशा नगर्नुहोस्।

आफ्नै बिजुली उत्पादन गर्न सक्ने विकासकर्ताहरूले यो म्याग्नेटोइलास्टिक पदार्थबाट बनेको हो यो अझै प्रारम्भिक चरणमा छ, तर वैज्ञानिकहरूले यसलाई अफ-ग्रिड शिविर र प्रकोप क्षेत्रमा...
HomeLatest newsएमसीए प्रेसिडेन्ट ११ सँगको दोस्रो अभ्यास खेलमा पनि नेपालको जित

एमसीए प्रेसिडेन्ट ११ सँगको दोस्रो अभ्यास खेलमा पनि नेपालको जित


राष्ट्रिय

समाचार.

  • नेपाली पुरुष क्रिकेट टोलीले भारतको एमसीए प्रेसिडेन्ट ११ सँगको दोस्रो अभ्यास टी-२० खेल ४८ रनले जितेको छ।
  • नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको एमसीएले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनायो।
  • टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ, नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।

१७ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले भारतको एमसीए प्रेसिडेन्ट ११ सँगको दोस्रो अभ्यास टी-२० खेल पनि जितेको छ ।

शनिबार ब्राबोर्न स्टेडियममा भएको खेलमा नेपालले एमसीए प्रेसिडेन्ट ११ लाई ४८ रनले पराजित गरेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको एमसीएले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्र बनायो ।

एमसीएका लागि इशान मुल्चन्दानीले सर्वाधिक ४७ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने गुल्शन झा र ललित राजवंशीले २-२ विकेट लिँदा करण केसीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । आरिफ शेखले ४२ बलमा सर्वाधिक ६६ रन बनाएर नटआउट रहे। सन्दीप जोराले ३१, आसिफ शेखले २५ तथा गुल्शन झाले २३ रन बनाएका थिए ।

नेपालले यसअघि भएको पहिलो अभ्यास खेल पनि जितेको थियो । त्यसअघि श्रीलंकामा भएको अभ्यास खेल शृंखलामा २-१ ले पराजित भएको थियो ।

नेपालले अब फेब्रुअरी ३ मा यूएई अनि फेब्रुअरी ५ मा क्यानडासँग चेन्नईमा वार्म अप खेल खेल्नेछ ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More