― Advertisement ―

‘एआई ट्राफिकले इन्टरनेट चलाउने तरिकामा मौलिक रूपमा परिवर्तन गरिरहेको छ’: नयाँ रिपोर्टले बट ट्राफिक मानव प्रयोगकर्ताहरू भन्दा ६.५ गुणा छिटो बढिरहेको दाबी गरेको छ...

मानव ट्राफिक माथि छ, तर Faly6st ट्राफिक बढेको छ। दावीहरूअपरिचित AI अनुरोधहरूले होस्टिंग पूर्वाधारमा तनाव सिर्जना गर्दैछव्यवसायहरूले वेबसाइट व्यवस्थापन र सामग्री पत्ता लगाउने क्षमतामा...
HomeLatest newsएपीएफविरुद्ध पुलिसको सहज जित – KhabarHost

एपीएफविरुद्ध पुलिसको सहज जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • टाइगर कप भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
  • महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
  • थाइल्याण्ड क्वीन्स र एपीएफ तेस्रो स्थानका लागि भिड्नेछन्।

१४ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफविरुद्ध सहज जित निकालेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१५ ले जित निकाल्यो । अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् ।

यसअघि आजै भएको महिलातर्फका खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले जित निकालेका थिए । न्यु डायमन्डले थाइल्याण्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै पुलिसले एपीएफविरुद्ध ३–० को सोझो सेटको जित निकालेको थियो । महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र पुलिसले प्रतिस्पर्धा गर्नेछन् । तेस्रो स्थानका थाइल्याण्ड क्वीन्स र एपीएफ भिड्नेछन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More